अमेरिकामा संसद भवन हिंसाको अघिल्लो दिन पाइप बम राख्ने शंकास्पद व्यक्तिको खोजी
अमेरिका– अमेरिकाको संसदभवनमा गत जनवरी ६ को हिंसात्मक दंगामा सामेल भएकाहरु धमाधम पक्राउ परेका छन् ।
यसैबीच संघीय जा“च ब्युरो (एफबिआइ) ले हिंसाको अघिल्लो दिन रिपब्लिकन नेशनल कमिटी तथा डेमोक्रेट नेशनल कमिटीको मुख्यालय बाहिर पाइप बम राख्ने शकास्पल व्यक्तिको भिडियो सार्वजनिक गरेको छ ।
समाचार एजेन्सी सिन्हुवाको रिपोर्ट अनुसार हिंसामा संलग्न पाइप बम राख्ने सन्दिग्धको भिडियो एफबिआइले सार्वजनिक गरेको हो । ति शकास्पद व्यक्तिको जानकारी दिनेलाई १ लाख डलर को पुरस्कार दिने घोषणा समेत गरिएको छ । एफबिआइका अनुसार पाइप बम घातक उपकरण भएको र यसबाट मान्छेमको ज्यान समेत जान सक्ने छ । पाइप बम बनाउने व्यक्तिको पहिचानका लागी सर्वसाधारण संग सहयोगका लागी एफबिआइले मदत मागेको छ ।
एफबिआईका अनुसार यो बम जनवरी ५ को साझ ७.३० देखि ८.३० बजेको बीचमा राखिएको थियो । भिडियोमा बम राख्नका लागी सन्दिग्ध हिडेको देखिएको छ ।
सम्बन्धित खवर
-
अमेरिकामा राष्ट्रपति, ...
-
श्री कृ्ष्णप्रणामि हिन्दु समाज ...