अमेरिका– दुई महिना अघि वेबारिसे अवस्थामा क्यालिफोर्नियाको सडकमा भेटिएका ३४ वर्षिय राम थापा फेरि बेपत्ता भएका छन् ।
सुधार केन्द्रमा बसेर उपचार गराउदै आएका थापा १२ दिन अघि बेपत्ता भएका हुन । उद्धारपछि घर लगेर रेखदेख गदै आएका दाजु भक्त थापाले फेरि भाई बेपत्ता भएको जानकारी दिएका हुन । दाजु भक्तको घरमा झण्डै चार साता बसेर उपचारका लागी सुधार केन्द्र पठाइएका राम थापा त्यहा“बाट भागेर बेपत्ता भएका हुन ।
‘अब सुध्रिन्छु भनेर सबै ठिकठाक भएको थियो , क्यालिफोर्नियाका समाजसेवी दाजु भक्त थापाले भने– फेरि पनि भागेर हिडयो, खोजी गरिहेका छौ । पा“च वर्षदेखि बेखबर रहेका राम थापा यस अघि सानप्रान्सिसकोमा बेहाल अवस्थामा सडकमा भेटिएपछि उनको उद्धार गरेर परिवारको जिम्मा लगाईएको थियो । फेरि उनी सुधारकेन्द्रमा उपचार गर्ने क्रममा त्यहाँबाट पनि बेपत्ता भएका छन् ।

काठमान्डौको सम्पन्न परिवारमा हुर्केका उनी सिंगापुरमा होटल म्यानेजम्यान्ट पढदै थिए । सिंगापुरमा पढदा –पढ्दै उनी माफियाको चुगुलमा परे । माफियाको आश्वासनमा परेर अमेरिका आउने योजना बनाए । गैरकानुनी बाटो हुदै उनलाई अमेरिका छिराउन माफिया तयार भए ।
हुन्डुरस, मेक्सिको हुदै उनी चार महिनाको कष्टकर बाटो हुदै मुस्किलले अमेरिका छिरे । क्यालिफोर्नियामा झण्डै २१ वर्ष देखि बस्दै आएका भक्त थापाको ढोकामै पुराइदिने प्रलोभन देखाएर उनलाई दलालले रकम कुमल्याए । राम नाताले भक्त थापाका भाई (ठुलो बाबा)का छोरा हुन । दाजुकै ढोकामै पुग्ने भएपछि उनी अमेरिका छिर्न तयार भएका थिए ।
अमेरिकाको टेक्सस छिर्ने बितिक्कै उनी जेल परे । त्यही क्रममा उनी वकीलको स्केममा परे । केश फिर्ता लिने भन्दै १५ सय डलर वकीललाई बुझाइदिए दाजु भक्त थाापले । त्यसै गरी १० हजार डलर बोन राखेर भाइलाई टेक्ससको जेलबाट छुटाए । जेलबाट छुटेपछि उनी बस चढेर टेक्ससबाट दाजुको घर क्यालिफोर्निया पुगे । उनी क्यालिफोर्निया पुग्दा उनीसंग लगाएको एक सरो कपडा बाहेक केही थिएन । सबै दाजु भक्त थापाले खाने बस्ने र जागीर खोजीदिने सबै काम गरिदिए ।
सुरुका तीन वर्ष रामले सेभन इलेभने स्टोरमा काम गरे । कमाइ पनि राम्रै गदै थिए । त्यही बीचमा नेपालमा रामको बुबाको निधन भयो । त्यसले उनलाई थप निराशा बनायो । तल्लोबाट हुदै अमेरिका छिर्दा पाएको सास्तीले मानसिक तनाव झेलिरहेका उनलाई फेरि बुबाको निधनले थप तनाव भयो । उनी डिप्रेसनमा परे । माफियाको फन्दामा परेर तल्लो बाटो हुदै कष्टर जीवन भोगेर अमेरिका छिर्नु र यहा“ आएपछि बुबाको निधनले उसलाई डिप्रेसनमा धकेल्यो दाजु भक्त भन्छन्– ‘नेपालमा हुदा चिया समेत नपकाएको भाई यहा“ आएपछि सबै काम गर्नु पर्दाको तनाव झेल्न सकेन ।’
सेभन इलेभेनमा तीन महिना काम गरेपछि उनले छाडीदिए । दाजु भक्तले भाईको त्यो समयमा थप केही उपचार पनि गराए । स्टोरमा काम छाडेपछि क्यालिफोर्नियाको रेष्टुरा व्यवसायी निर्मल गौचनकोमा काम लगाईदिए । त्यहा“ पनि उनले काम छाडे त्यही बीच तनावका कारण राम दुव्र्यसनको लतमा फस्न थालीसेकका थिए । दाजु भक्त थापाले यस्तो नगर्न भी गाली पनि गरे । फेरि मोटेलमा काम सुरु गरे । मोटेलमा काम गर्दा केही खराब व्यक्तिको संगतमा परे । मोटेलमा काम गर्दा भाइ समस्यामा भएपछि फेरि स्टोरमा काम लगाइदिए दाजु भक्तले । स्टोरमा काम गरेपछि नया गाडी पनि किने । स्टोरमा काम गरेपछि छुटै कोठा लिएर बस्न थाले राम , झण्डै पाँच वर्ष अघि दाजु भक्तलाई भेटन आएपछि उनी त्यसपछि सम्पर्क बिहीन भए ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected