नेपाली उबर चालक खड्काको सहयोगका लागी उठयो एक करोड रुपैया बढी रकम
अमेरिका– अमेरिकाको क्यालिफोर्नियामा दुव्र्यहारको मारमा परेका नेपाली उबर चालक शुभाकर खडकाको सहयोगको लागी गोफन्डमा झण्डै ८५ हजार डलर संकलन भएको छ ।
गोफन्ड अकाउन्ट खोलेर सहयोग संकलनको आव्हान गर्ने अमेरिकाकी व्यवसायी तथा लगानीकर्ता महिला सायन बेनिस्टरले थप २० हजार डलर आफनो तर्फबाट सहयोग गर्ने घोषणा गरिसकेकी छिन् । गोफन्ड र सहयोगी महिलाले दिने सहयोग जोडदा खडकाको लागी नेपाली एक करोड रुपैया भन्दा बढी सहयोग संकलन भएको छ । गोफन्डमा सहयोग उठने क्रम जारी रहेको छ ।
उबर चलाउने क्रममा दुव्र्यहारमा परेपछि सुरक्षाका कारण उबर चलाउन समस्या भएपछि उनका लागी घरभाडा, खाना तथा मासिक तिर्नुपर्ने बिलका लागी बेनिस्टरले गोफन्ड सुरु गरेकी थिइन । नेपालीका लागी अमेरिकनले गोफन्ड खोलिदिएर यति धेरै सहयोग संकलन भएको यो पहिलो पटक हो ।
बेनिस्टरले गोफन्ड मार्फत सुरु गरेको सहयोग संकलनलाई गोफन्डले पनि आधिकारिक सहयोग संकलनको रुपमा शेयर गरेको छ ।
अघिल्लो आईतबार क्यालिफोर्नियाको शान फ्रान्सिसकोमा उबर चालक खडका माथि दुई महिलाले मोबाइल खोस्ने, पपेर स्प्रे छर्कने, अनुहार नजिक आएर खोक्ने तथा अश्लिल गाली गलौज गदै अभद्र व्यवहार गरेका थिए । यस्तो व्यवहार गर्ने एक महिला पक्राउ परेकी छिन् । अर्को महिलाले आत्मसमर्पण गर्ने भनिए पनि अहिले सम्म पक्राउ परेकी छैनन
सम्बन्धित खवर
-
धन्यवाद दिवस अमेरिकामा ...
-
अमेरिकामा राष्ट्रपति, ...