जव
अरुलाई तर्साएका आवाजहरु
आफैंलाई तर्साउन आउँछन
अरुलाई होच्याउने दम्भहरु
आफैंलाई होच्याउन आउँछन
अरुसंग गरेका छलकपटहरु
दौडिदै दौडिदै
आफैंलाई छलकपट गर्न आउँछन
आफ्नो भूतसंग…
तर्सिन्छ मान्छे
झस्किन्छ मान्छे
आफ्नो भूत
बोकिरहन पनि सकिदैन
भगाउन पनि सकिदैन
आफ्नो भूत…
बढो अटेरी पो हुन्छ
जन्तर-मन्तर, तंतरसंग डराऊँदैन
अझै भनौं
“ताबिज”ले पनि काम गर्दैन
उसलाई सवै “कर्तूत” थाहा छ
असली अनुहार थाहा छ
आखिर मान्छे
अर्काको भूतले भन्दा
आफ्नै भूतले तर्सिन्छ
उसलाई अर्काको भूतले भन्दा
आफ्नै भूतले लखेट्छ
तर्सिंदै, तर्सिंदै
भाग्दै, भाग्दै
शरणमा पुग्छ मान्छे
जसको अस्तित्व मान्दैनथ्यो
माग्छ शक्ति उसैसंग
जसलाई उ के के भन्दथ्यो
तर त्यतिकै शक्ति किन पाइन्थ्यो
नयाँ वस्त्र वा गेरुवा वस्त्र लगाऊँदैमा
केहिलाई पछि लगाउँदैमा
दाह्री बढाउदैमा
उसले शक्ति किन दिन्थ्यो
भूल स्वीकार, प्रायस्चित
अनि परोपकार नगरि
त्यसै आत्म-शक्ति कहाँ पाइन्थ्यो
आत्म-शक्ति आर्जन नगरेसम्म
आफ्नै भूतले लखेट्न किन छोड्थ्यो
आत्म-शक्ति आफैं भित्र बस्छ
बाहिर खोजेर किन पाइन्थ्यो?
रचना काल – अगस्ट २७, २०१६
स्थान – डालस, टेक्सास
सम्बन्धित खवर
-
उनलाई डालस एयरपोर्टमा ...
-
भाषण गर्छ, निर्देशन दिन्छ उपदेश ...