अमेरिका– राष्ट्रपति जो बाइडेन प्रशासनले अवैध रुपमा मेक्सिको सिमा पार गरेर अमेरिका आएका बालबालिकाको रेखदेखका लागी संघीय आपत प्रबन्धन एजेन्सीको सहयोग लिने भएको छ ।

अभिभावक तथा व्यस्क विना अमेरिका आएका आप्रवासी बालबालिकालाई सहयोग गर्ने भएको होे ।
अमेरिकी गृह सुरक्षामन्त्री एलेजान्द्रोले अमेरिकाको दक्षिण सिमामा अभिभावक तथा कोही व्यस्कन विना एक्लै आउने बालिबालिकाको शरण तथा स्थानन्तरणको लागी सरकारको प्रयासमा सहयोग गर्ने बताएका छन् ।
अमेरिकी सरकारको एक तथ्याङक अनुसार अमेरिकी सिमामा मेक्सिकोबाट हरेक दिन सयौ बालबालिका अबैध तरिकाबाट आउने गरेको र हिरासतमा लिइने गरेको छ ।

यसरी आउने बालिबालिकालाई उचित स्थानमा राख्न र रेखदेखका लागी अमेरिकी सरकारले कदम अघि बढाएको छ ।
राष्ट्रपति जो बाइडेनले अर्बध रुपबाट आउने बालबालिकालाई निष्काशित गर्ने पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको नितिलाई रद्ध गरेका छन् । तर आप्रवासी परिवार र व्यस्कहरुको निष्काशन भने यथावत रहेको छ । बाइडेन प्रशासनले लचिलो आप्रवासी निति लिएर अवैध रुपमा आउने बालबालिकाका लागी सुरक्षीत स्थान्तरणको पहल गरिरहेको छ ।

एजेन्सी

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected