टेक्सस– गैरआवासिय नेपाली संघ (एनआरएनए) अमेरिकाको २०२१–२०२३ को अध्यक्षको लागी डा अर्जुन बन्जाडेले आईतबार औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका छन् ।
टेक्ससको अर्भिङ स्थित नेपाली मन्दिरको सभाकक्षमा आयोजीत कार्यक्रममा बन्जाडेले उम्मेदवारी घोषणा गरेका हुन ।
घोषणा कार्यक्रममा उनले एनआरएनएलाई सबैको साझा संस्थाको रुपमा विकास गरि गैरआवासिय नेपालीको हक हितमा काम गर्ने प्रतिवद्धता उनले  व्यक्त गरे । यस अघि अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका तीन जना उम्मेदवारसंग आफु समझदारी  गरेर अगाडी बढने जनाए । उनले यस अघि पनि आफुले एनआरएनएको निर्वाचनमा अध्यक्ष पदबाट पछि हटेर सहकार्यलाई जोड दिएकाले यसपटक आफुलाई सबैले सहयोग गर्नुपर्ने बताए । उनले अघिल्लो कार्यकालमा अध्यक्षमा उम्मेदवारी दिए पनि पछि सुनिल शाहलाई सहयोग गरेर अध्यक्षबाट पछि हटेका थिए ।
उनले एनआरएनए संस्थाको काम प्रति प्रश्न चिन्ह उठीरहेको बेला एनआरएनएले गरेका काम, कर्तव्यका बारेमा प्रष्टाएका थिए । उनले एनआरएनले गैरआवासिय नेपालीलाई नेपाली नागरिकता तथा नेपालका लगानीका कुरालाई विशेष प्राथमिकता दिइने बताए ।
एनआरएनए अमेरिकाको वर्तमान कार्यसमितिको वरिष्ठ उपाध्यक्ष रहेका बन्जाडेले बौद्धिक व्यक्त्विको रुपमा परिचित छन् । उनले पेशाले टेक्ससको ट्यारेन्ट काउन्टी कलेजमा स्टेट रिपोर्टिङ तथा स्टुडेन्ट सक्सेस को निर्देशकको रुपमा कार्यरत छन ।
अमेरिकाको विभिन्न समसामयिक विषयमा आलेख समेत लेख्दै आएका डा बन्जाडे २०१७ देखि २०१९ मा एनआरएनए एनसिसिको बोर्ड आफ डाइरेक्टर भएर समेत आफनो भुमिका निर्वाह गरिसकेका छन् ।
नेपालको अर्घाखाँची स्थायी घर भएका डा बन्जाडे नेपालमा रहदा रत्नराज्य लक्ष्मी क्याम्पसमा प्राध्यापन पेशामा समेत संलग्न रहे । अमेरिका आएपछि उनले ओहायो विश्वविद्यालयबाट आमसंचार तथा विकासमा डिग्री उर्तिण गरेका हुन । उनले ओहोयो विश्वविद्यालयबाटै आमसंचारमा पिएचडी गरेका हुन ।

 

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected