टेक्सस–अमेरिकाको टेक्ससको बैक अफ अमेरिकामा माक्स लगाउन नमान्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
अमेरिकाको ग्यालबेस्टन काउन्टीकी ६५ वर्षिया टेरी राईटलाई प्रहरीले पक्राउ गरेको हो ।
बैक अफ अमेरिकाको ग्यालबस्टन शाखामा यी महिलाले मास्क लगाउन अस्वीकार गरेकी थिइन । यो घटना बैकको सिसिटिभी फुटेजमा पनि रेकर्ड भएको छ । यस अघि टेक्ससका गर्भनरले राज्यमा मास्क पहिरने अनिवार्यतालाई अन्त्य गरे पनि यहा“ मास्क हटेको छैन । मास्क लगाउन नमानेकी महिलाले प्रहरीसंग उल्टै प्रश्न गरेकी थिइन– तिमीहरुले के गर्छो, पक्राउ गर्छो ? यस पछि प्रहरीले उनी विरुद्ध पक्राउ पुर्जी जारी ग¥दै पक्राउ गरेको थियो ।
प्रहरीका अनुसार यो घटना यसै साताको हो । बैक म्यानेजरले घटनाको बारेमा प्रहरीलाई जानकारी दिएका थिए । प्रहरीले पक्राउको विरोध गर्ने तथा अनाधिकृत रुपमा बैक प्रवेशको आरोपमा उनी माथि पक्राउ पुर्जी जारी गदै बैकभित्र प्रहरीले पक्राउ गरेको हो । उनले प्रहरीलाई पक्राउको विरोध समेत गरेकी थिइन ।
अमेरिकामा मास्क लगाउन तथा सामाजिक दुरी कायम नगरेकै कारण कोरानाभारीले उग्र रुप लिएको विशेषेज्ञहरुको भनाई छ ।
सम्बन्धित खवर
-
अमेरिकामा राष्ट्रपति, ...
-
श्री कृ्ष्णप्रणामि हिन्दु समाज ...