अमेरिका–अमेरिकाको क्यालिफोर्नियामा नेपाली उबर चालक शुभाकर खडका माथि अराजक व्यवहार गर्ने इरानी मुलकी अमेरिकी महिलाले प्रहरी सामु आत्मसमर्पण गरेकी छिन् ।
अर्ना किमाई नामकी यी महिलाले आईतबार अबेर राती सानफ्रान्सिसको प्रहरी सामु आत्मसर्मण गरेकी हुन । उनी नेपाली उबर चालक खडकामाथि अराजक व्यवहार गर्ने मुख्य आरोपित महिला हुन । उनलाई लुटपाट हातपात तथा सुरक्षा र स्वास्थयको नियमलाई उल्लघन गरेको अभियोगमा कारागार चलान गरिएको प्रहरीले जनाएको छ । उनलाई सानफ्रान्सिसको काउन्टी जेलमा राखिएको छ । यस अघि उनीसंगै रहेकी मलेसिया किङलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ ।
उनी माथि दुई वर्ष अघि हाइबेमा तिव्र गतिमा कार कुदाएर अर्को सवारीलाई ठक्कर दिएर महिलालाई सख्त घाइते बनाएकोमा समेत मुद्धा दायर भएको छ । उनले कानुन विपरीत १२२ माइलको गतिमा गाडी हाकेर ठक्कर दिएको अभियोग लागेको हो ।
अर्नाले उबरचालक खडकाको अनुहारमा खोक्ने, गालीगलौज तथा हातपातको प्रयास समेत गरेकी थिइन

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected