अमेरिका- अमेरिकाको एटलान्टाको तीन वटा मसाज केन्द्रमा श्रृखलावद्ध रुपमा भएको बन्दुक हमलामा ८ जनाको ज्यान लिएको आंशकामा २१ वर्षिय रोर्बट एरोन लङ पक्राउ परेका छन् ।
प्रहरीले हमलाका क्रममा देखिएको सिसिटिभी फुटेजका आधारमा यी युवकलाई पक्राउ गरेको हो । हमलाको समयमा यी युवक आफनो सवारी सहित त्यहा“ देखिएको प्रहरीले जनाएको छ । प्रहरीले उनलाई २४० किमी दुरीबाट पक्राउ गरि अहिले हिरासतमा राखिएको छ । उनी एटलान्टाको वुडस्टकमा रहने व्यक्ति भएको बताईएको छ । उनी पुर्व हाइस्कुलका छात्रा थिए । उनका सहपाठीका अनुसार आरोपी रोर्बट सरल र अपराध गर्ने खालको नभएको व्यक्ति भए पनि यो घटनाले त्रसित बनाएको उनका सहकर्मिहरुले मिडियालाई बताएका छन ।
घटना उनी एक्लैले घटाएको हुन सक्ने प्रहरीको अनुमान छ । उनले एशियन अमेरिकन माथि घृणाको भावले आक्रमण गरेको हुन सक्ने बताइएको छ ।
मंगलबार साझ एटलान्टाको उत्तरपुर्वि ५० किमी टाढा एकवर्थमा हमलाको सुरुवात भएको थियो । यहा“को स्ट्रिप मलमा एशियन मसाज पार्लरलाई निशाना बनाएर आक्रण गरिएको थियो । पहिलो आक्रमणपछि को ५० मिनेटपछि दोस्रो स्पा सेन्टरमा आक्रण गरिएको थियो । यस लगत्तै केही समयमा नै तेस्रो मसाज स्पा सेन्टरमा हमला भएको थियो । हमला गरिएको तीन मसाज पार्लर मध्ये दुईवटा आसपासमा रहेको र अर्को मसाज सेन्टरबाट ४८ किमीको दुरीमा रहेको छ । घटनाको प्रकृति एकै प्रकारबाट आक्रमण गरिएको देखिएको छ ।
कोरोना महामारी पछि एशियन अमेरिकन माथि आक्रमण गर्ने क्रम बढीरहेको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected