नेपाली उबर चालक माथि आक्रमण गर्ने महिलालाई १६ वर्ष जेल हुन सक्ने

अमेरिका– क्यालिफोर्नियामा नेपाली उबर चालक माथि लुटपाट हातपातको प्रयास गर्ने महिला अर्ना किमाईलाई बुधबार अपराधमा मुद्धा दर्ता भएको छ ।
उनलाई लुटपाट, उबर चालक माथि आक्रमण तथा स्वास्थ सुरक्षालाई उल्लघन गरेको लगायतका अभियोगमा मुद्धा दर्ता भएको हो ।
उनलाई यो अपराधमा १६ वर्षको जेल तथा ३ हजार सम्म जरिवाना हुन सक्ने अमेरिकी संचारमाध्यमलाई उद्धृत गदै कानुन अधिकारीले बताएका छन ।
उबर चालक शुभ खडका माथि अराजक व्यवहार गर्ने उनले प्रहरी सामु आत्मसमर्पण गरेकी थिइन ।उनी नेपाली उबर चालक खडकामाथि अराजक व्यवहार गर्ने मुख्य आरोपित महिला हुन । उनलाई लुटपाट हातपात तथा सुरक्षा र स्वास्थयको नियमलाई उल्लघन गरेको अभियोगमा कारागार चलान गरिएको प्रहरीले जनाएको छ । उनलाई सानफ्रान्सिसको काउन्टी जेलमा राखिएको छ । यस अघि उनीसंगै रहेकी मलेसिया किङलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ ।
उनी माथि दुई वर्ष अघि हाइबेमा तिव्र गतिमा कार कुदाएर अर्को सवारीलाई ठक्कर दिएर महिलालाई सख्त घाइते बनाएकोमा समेत मुद्धा दायर भएको छ । उनले कानुन विपरीत १२२ माइलको गतिमा गाडी हाकेर ठक्कर दिएको अभियोग लागेको हो ।
अर्नाले उबरचालक खडकाको अनुहारमा खोक्ने, गालीगलौज तथा हातपातको प्रयास समेत गरेकी थिइन ।