कमाइसंगै असुरक्षीत बन्दै नेपालीका लागी उबर चालक पेशा

युएसनेपालपाेस्ट विशेश ब्युराे
टेक्सस– कमाई राम्रो तथा आफुलाई मिल्दो समयमा गर्न पाइने भएकाले उबर अर्थात ट्याक्सी चलाउने पेशामा नेपाली समुदायका युवाहरुको आकर्षण बढदो छ ।
उबर चलाउने पेशा सजिलो संगै पछिल्लो क्रममा सुरक्षाका कारण जोखिम पनि त्यतिकै बढ्र्द गएको छ ।
अमेरिकाको क्यालिफोर्नियामा नेपाली उबर चालक शुभाकर खडका तथा न्युयोर्कमा लिफ्ट चालक आशिष सापकोटा माथी भएको आक्रमण मात्र उदाहरण मात्र हुन । यस अघि पनि अमेरिकामा उबर चलाउने क्रममा नेपाली उबर चालक लुटने कुटिने घटनाहरु घटीरहेका छन् । यसरी लुटिने घटनाहरु कतिपय ज्यानको सुरक्षाको कारणले नेपालीहरुले बाहिर ल्याएका छैनन ।
दुई वर्ष अघि मात्रै न्युयोर्कमा नेपाली उबर चालक लक्ष्मण बाग्ले ज्याक्सन हाइटमा लुटिएका थिए । लुटेराले उनको साथमा भएको रकम, क्रेडिट तथा डेबिट कार्ड लगायतका सरसामान लुटेका थिए ।
अमेरिकामा कतिपय नेपाली ट्याक्स चालकहरु पार्किङ लटमा बसीरहेका अवस्थामा समेत लुटिएका छन् । अमेरिकाको खास गरी न्युयोर्क, क्यालिफोर्निया बोष्टन भर्जिनिया लगायतमा उबर चलाउने नेपालीहरुको संख्या उल्लेख्य रहेका छन् । एक तथ्याङक अनुसार नेपाली समुदायको अधिक बसोबास रहेको न्युयोर्कमा झण्डै ६ हजारको हाराहारीमा नेपाली उबर चालक रहेको अनुमान छ ।
केही वर्ष यता उबर तथा टयाक्सी चलाउनेहरुको संख्या बढदै गएपछि कमाई कम हुन थालेको छ । कमाइ कम हुन थालेपछि केही नेपालीले पेशा समेत परिवर्तन गदै गएका छन् ।
न्युयोर्कमा दस वर्ष देखि उबर चलाउदै आएका हरिश पौडेलले आफनो अनुकुलता हेरेर गर्न सक्ने यो पेशाबाट सन्तुष्ट छन् । पछिल्लो क्रममा उबर चालक माथि भएका आक्रमण र लुटाटका घटनाले भने उनलाई केही चिन्ता थपेको छ । उबर चलाउदा सावधानी अपनाउनै पर्छ’ उनले भने– कमाइ राम्रो भएकाले यो पेशालाई छाडन सकेको छैन ।
अमेरिकामा विभिन्न सामाजिक संघसंस्थामा आवद्ध नेपालीहरु उबर पेशामा लाग्नेहरु अधिक छन् । आफनो भनेको समयमा गर्ने पेशा का कारण उनिहरु संघसस्थामा सहज रुपमा आवद्ध हुन पाएका छन् । विशेष गरी न्युयोर्क र क्यालिफोर्नियामा नेपाली उबर चालक बनेर संघ सस्थामा लाग्ने नेपालीहरु अधिक रहेका छन् ।
राम्रो कमाइ संगै जोखिममा कारण अहिले नेपालीहरुले धमाधम यो पेशा परिवर्तन गदै आएका छन् । कतिपयले उबर चलाउने पेशा छाडेर अन्यत्र राज्यमा बसाई सरी पेशा व्यवसायमा लागेका छ्न ।