टेक्ससको नाइट क्लबमा भएको बन्दुक आक्रमणमा एकको मुत्यु, ५ गंभीर घाइते
टेक्सस– टेक्ससको आर्लिङटनको एउटा नाइट क्लबमा शनिवार बिहान भएको बन्दुक हमलामा एक जनाको ज्यान गएको छ । उक्त बन्दुक हमलामा ५ जना घाइते भएका छन् ।
आर्लिङ प्रहरी प्रशासनले दिएको जानकारी अनुसार प्राइम नाइट क्लब भित्र दुई समुह बीच झगडा हुने क्रममा एक समुहको व्यक्तिले गोली चलाएका थिए । उनले चलाएको गोली ६ जनालाई लागेको थियो ।
गोली लागेका सबै जनालाई अस्पताल पु¥याइएकोमा एक जना महिलालाई मृत घोषित गरिएको थियो । घटनामा गोली लागेका ५ जना गंभीर घाइते भएको बताइन्छ । बन्दुक हमला गर्ने व्यक्ति फरार रहेका छन् । प्रहरीले घटनाको बारेमा अनुसन्धान गरिरहेको छ ।
एजेन्सी
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
डोनाल्ड ट्रम्पले २०२४ को ...
-
धन्यवाद दिवस अमेरिकामा ...