अमेरिका– अमेरिकाका निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकी ससदभवनमा भएको हिंसा पछि सामाजिक संजालदेखि टाढा छन् ।
तर अब भने अब भने सामाजिक संजालमा फर्केर आउने तयारी गरेका छन् । तर उनी सामाजिक संजालको आफनै कम्पनी लन्च गरेर आउन लागेका हुन । केही समय देखि उनी सामाजिक संजालमा देखिएका छैनन ।
गत जनवरी ६ मा अमेरिकी संसदभवनमा हिंसा भडकाएको आरोप उनी माथि लागेको थियो । उक्त घटनामा एक प्रहरी अधिकारी सहित पा“च जनाको ज्यान गएको थियो । त्यो घटनापछि ट्वीटरले उनको अकाउन्ट सधैका लागी बन्द गरेको थियो । त्यसपछि फेसबुकले पनि उनको अकाउन्ट बन्द गरेको थियो । त्यसपछि अमेरिकी सिनेटले उनी विरुद्ध महाअभियोगको प्रस्ताव ल्याएको थियो ।
ट्रम्पको सामाजिक संजालमा आउने जानकारी उनका पुराना सल्हाकार तथा प्रवक्ता जैसन मिलरले दिएका हुन । अबको दुई तीन महिनामा उनी सामाजिक संजालमा फिर्ता आउन सक्ने बताइएको छ । यसरी आउने सामाजिक संजालको कम्पनी ट्रम्पको आफनै हुनेछ । ट्रम्पले ल्याउन लागेको सामाजिक संजालको प्लेटफर्ममा करोडौ जोडिन सक्ने दाबी गरिएको छ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...