अमेरिका-अमेरिकाको क्लोरोडाको एक सुपर मार्केटमा बन्दुक हमला गरी एक प्रहरी अधिकारी सहित १० जनाको ज्यान लिने व्यक्तिको पहिचान भएको छ ।
क्लोराडोको किङ सुपरमार्केटमा भएको गोलीकाण्डमा नरसंहार गर्ने २१ वर्षिय अहमद अल अल्वी अलिसा रहेको प्रहरीले जनाएको छ । उनी क्लोराडोको अरवादा निवासी रहेको समेत खुलेको छ । उनले सुपरमार्केटमा सोमबार जथाभावी गोली चलाएर निर्देाष सर्वसाधारणको ज्यान लिएका थिए । उनलाई विभिन्न दस वटा अपराधको अभियोग लगाइएको छ । आक्रमणकारीलाई प्रहरीले रक्तमाय अवस्थमा पक्राउ गरेको थियो । उनले आक्रमण जारी राखेको समयमा प्रहरी घटनास्थल पुगेको थियोे । प्रहरीले पक्राउ गर्न खोज्दा प्रहरी माथि नै आक्रमण गरेका थिए ।
उक्त घटनामा आक्रमणकारीको गोलीबाट मारिनेमा २५ देखि ६५ वर्षका व्यक्तिहरु रहेको बताइएको छ । आक्रमणकारी अमेरिकामै लामो समय देखि बसोबास गदै आएको प्रहरीले जनाएको छ । आक्रमणकारी स्वयं घाइते रहेकाले मंगलबार उनलाई उपचारका लागी अस्पताल पठाइएको छ । उनले के कारणले अन्धाधुन्ध बन्दुक आक्रमा गरेर भन्ने बारेमा अहिलेसम्म केही तथ्य बाहिर आएको छैन । प्रहरीले घटनाको बारेमा सबै अनुसन्धान जारी राखेको छ ।
क्लोरोडाको यो बर्बर हत्याकाण्डको बारेमा राष्ट्रपति जो बाइडेनलाई जानकारी गराइसकिएको छ ।
सम्बन्धित खवर
-
धन्यवाद दिवस अमेरिकामा ...
-
अमेरिकामा राष्ट्रपति, ...