अमेरिका– क्लोराडामो दस जनाको ज्यान लिने गरी भएको नरसंहार पछि राष्ट्रपति जो बाइडेन अमेरिकामा बन्दुक नियन्त्रणका लागी अग्रसर भएका छन् ।
उनले मंगलबार सिनेटलाई तुरुन्तै बन्दुक नियन्त्रण उपाय सम्बन्धी बिल पािरत गर्न आग्रह गरेका हुन । उनी क्लोराडोमा भएको बन्दुक हमला पछि बन्दुक नियन्त्रणका लागी सचेत भएका हुन ।
अमेरिकामा पछिल्लो क्रममा अबैध रुपमा समेत बन्दुक राख्ने र अपराध गर्ने क्रम बढेपछि यसलाई नियन्त्रण गर्ने तर्फ आवाज उठदै आएको छ । अमेरिकाम १८ वर्ष पुगेकाले शटगन राइफल तथा गोलाबारुद्ध खरिद गर्न सक्छन् । त्यस्तै बन्दुक हयान्डगन २१ वर्ष माथिका लाई बेच्न सकिन्छ ।
बन्दुक नियन्त्रण अ‍ेमरिकी राजनितिमा एउटा ठुलो मुद्धा बन्दै आएको छ । यहा“ बन्दुक राख्न पाइने सहज कानुनका कारण बेला बेलामा बन्दुक हमलाका घटनाहरु बढेका छन्
राष्ट्रति जो बाइडेनले यस अघि नै घातक हतियारको लाइसेन्स दिने प्रकृयामा नियन्त्रण गर्नु पर्ने यस अघि नै बताएका थिए । उनले घातक हतियार नियन्त्रण तर्फ अग्रसर भएका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected