कोलोराडामा नरसंहार गर्ने अभियुक्तले ६ दिन अघि हतियार किनेको खुलासा

अमेरिका– अमेरिकाको कोलोराडोको बोल्डरको सपिङ मलमा बन्दुक चलाउने २१ वर्षिय अहमद अलिसा बोल्डर काउन्टी जेलमा रहेका छन् ।
प्रहरी अधिकारी सहित १० जना सर्वसाधारणको ज्यान लिएको अभियाग उनी माथि लगाइएको छ ।
उनले सपिङ कम्पलेक्समा हमला गर्नु ६ दिन अघि गत मार्च १६ मा मात्रै उनले हतियार खरिद गरेको खुल्न आएको छ । उनले के कारणले उक्त हतियार किनेका थिए भन्ने बारेमा भने केही खुलेको छैन । उनी घटना स्थलमा राइफल तथा पेस्तोल बोकेर गएको बताइन्छ ।
अभियुक्त अलिसाका परिवारजनले भने उनी मानसिक विरामी रहेको समेत बताएका छन् । उनलाई दस वटा विभिन्न आरोपमा मुद्धा दर्ता गरिएको छ । उनी २०१८मा हाइस्कुल पढदा समेत केही उच्छृखल स्वभावको भएको र सहकर्मिलाई समेत कुटपिट गरेका थिए ।
अदालतको रेकर्डमा उनी १९९९ मा सिरियामा जन्मेको बताइएको छ । अमेरिका आएपछि भने उनी अमेरिकाममै बस्दै आएका थिए ।
मा हाइस्कुल पढदा समेत केही उच्छृखल स्वभावको भएको र सहकर्मिलाई समेत कुटपिट गरेका थिए ।
अदालतको रेकर्डमा उनी १९९९ मा सिरियामा जन्मेको बताइएको छ । अमेरिका आएपछि भने उनी अमेरिकाममै बस्दै आएका थिए ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...