अमेरिका– कोरोनाभाइरस रोकथामका लागी अहिले धेरै मुलुक कोरोना विरुद्धको भ्याक्सिन लगाउने क्रम जारी छ ।
कोरोना विरुद्धको भ्याक्सिनले गति लिइरहेको बेला अब छिट्टै कोरोनाभाइरस संग लडन टयाब्लेट पनि उपलब्ध हुनेछ ।
एक रिपोर्ट अनुसार अमेरिकाको औषधी कम्पनी फाइजरले नोबल ओरल एन्टीभाइरल ड्रगको क्लिनकल ट्रायल पनि सुरु गरेको छ । कम्पनीका अनुसार अहिलेसम्म नतिजा सन्तोषजनक रहेको बताएको छ ।
यसको उपयोग कोरोना भाइरसको उपचार तथा भविष्यमा कोरोनाभाइरसको खतराबाट बच्न का लागी प्रयोग गर्न सकिनेछ । फाइजलरका बल्डवाइड रिसर्च सेन्टरका मुख्य वैज्ञानिक मिकायल डोल्सटनले सभावित ओरल थेरापीको रुपमा यसलाई डिजाइन गरिएको बताएका छन् ।
यो परीक्षण पुरा भएपछि अब कोरोना भ्याक्सिन संगै कोरोनाको ट्याब्लेट पनि सबैतिर उपलबध हुनेछ ।
फाइजरले बनाएको कोरोना भ्याक्सिन ९५ प्रतिशत प्रभावकारी देखिएको छ । अब बन्ने कोरोना विरुद्धको ट्याब्लेट पनि प्रभावकारी हुने विश्वास गरिएको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected