टेक्सस– अमेरिकाको उत्तरी टेक्ससमा भारतीय मुलका ५५ वर्षिय दिनेश शाह अमेरिकी सरकारलाई झण्डै २ करोड ५० लाख डलर ठगी गरेको स्वीकार गरेका छन् ।
उनले पे चेक प्रोटेक्सन प्रोगौम अन्तर्गतको रकम ठगी गरी महंगो घर,गाडी तथा तथा लाखौ डलर रकम पठाएको अदालत सामु स्वीकार गरेका छन् । उनले फर्जि कम्पनीको नाममा राहत रकम लिएर आफनो व्यक्तिगत प्रयोजनका लागी प्रयोग गरेको अमेरिकाको न्याय विभागले जनाएको छ ।
अमेरिकी सकारसग उनले कोरोनाभाइरस सहायता, राहत तथा आर्थिक सुरक्षा कानुनका लागी आफनो व्यवसायका लागी कर्जा लिएका थिए ।
अमेरिकाको न्याय विभागका अनुसार शाहले फर्जि कम्पनीका नाममा रकम हासिल गर्न १५ वटा निवेदन दिएको खुलेको छ । उनले उक्त फर्जि कम्पनीमा धेरै कामदार रहेको र उनिहरुको तलब लगायतको सुविधा हजारौ डलर खर्च हुने भन्दै झुठो विवरण पेश गरेका थिए । उनले अदालत समक्ष आफनो ठगी कबुल गरिसकेका छन् । उनलाई ३० वर्ष सम्मको जेल सजाय हुन सक्ने बताइएको छ ।
एजेन्सी
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...