अमेरिका-अमेरिकामा फेरि बन्दुक आक्रमणको घटना भएको छ । अमेरिकाको भर्जिनिया बीचमा शुक्रबार अबेर रातीभएको बन्दुक आक्रमणमा एक महिला दुई जनाको ज्यान गएको छ ।
भर्जिनियाको ओसनफ्रन्ट नामक स्थानमा भएको उक्त बन्दुक आक्रमणमा ८ जना घाइते भएको स्थानिय प्रहरीलाई उद्धृत गदै अन्तराष्टिन्य संचारमाध्यमहरुले जनाएका छन् । घटनामा एक प्रहरी अधिकारी पनि घाइते भएको बताइएको छ । एक प्रहरीले बन्दुक आक्रमणको जा“च गरिरहेको समयमा प्रहरी अधिकारी माथि गोली चलाएका थिए ।
त्यही समयमा एक व्यक्तिको घटनास्थलमा मुत्यु भएको छ । घातक तवरले बन्दुक आक्रमण गरिएको प्रहरीले जनाएको छ । प्रहरी यो बन्दुक आक्रमणलाई अराजकपुर्ण भनेको छ । घटना के कारण भएको हो भन्ने बारेमा केही खुलेको छैन । अहिलेसम्म घटनामा कोही पक्राउ परेका छैनन। घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यस अघि मात्र अमेरिकाको एटलान्टा र कोलोराडामा बन्दुक आक्रमण भएको थियो ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...