भन्छ उ
समाज काल्पनिक कुरा हो
तिमी जसलाई समाज भन्छौ
त्यो त
ब्वाँसाहरुको बथान हो
स्वार्थीहरुको झुण्ड हो
अत्याचारीहरुको गुट हो
लुच्चाहरुको जमघट हो
दैत्यहरुलाई विजयमाला लगाईदिने
लुतेहरुको भेला हो
म भन्छु
तिमीले ठीक भन्यौ, मित्र
त्यो समाज होइन
तर समाज काल्पनिक चाँहि होइन
समाज वास्तविकता हो
खाली हामीले निर्माण गर्न नसकेका हौँ
आफुलाई पर्दा समाज खोज्छौं
अरुलाई पर्दा तर्किन्छौँ
अनि कहाँ बन्छ समाज
सवै स्वार्थको वसिभुत भए पछि
कहाँ पाईन्छ समाज
निस्क हिंस्रक झुण्ड, गुट, बथानहरुबाट
निस्क स्वार्थी, अत्याचारी, लुच्चा, फटाहाहरुको चक्रब्युह बाट
होऊ चेतना, न्याय, विवेक, प्रेम, मानवताले परिपूर्ण
हुनेछ एउटा आदर्श समाजको निर्माण
–मार्च २६, २०२१
बेडफोर्ड, टेक्सास
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
उनलाई डालस एयरपोर्टमा ...
-
भाषण गर्छ, निर्देशन दिन्छ उपदेश ...