–कवि शर्मा
दिन प्रतिदिन म भित्रको रङ्गमञ्च फराकिलो हुँदै जादैँछ
एक दिन यो मन्च पर्खाल विनाको समतल मैदान हुने लक्षण देखिँदैछ
दिनहुँ म मैदान तिर
तानिदै गरेको महसुस
गर्दै छु
अहा! समतल मैदान
यहाँ
कुनै सिमाना छैन
यहाँ
जता ततै दौडन सकिन्छ
यहाँ
कुनै भेद,रङ्ग,तल,माथि
अगाडि, पछाडि, नयाँ, पुराना केही हुदैंन
रङ्गमञ्चमा भन्दा
समतल मा गीतहरु
प्रस्ट छन
लय बद्द छन
आजाद छन
यहाँ
नाच्न जान्नु नै
हास्न जान्नु हो
बाच्न जान्नु हो
भन्ने अनुभूति
भैरहेको छ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
उनलाई डालस एयरपोर्टमा ...
-
भाषण गर्छ, निर्देशन दिन्छ उपदेश ...