ब्राजिल-बिश्वमै एक बर्ष देखि फैलिएको कोरोना भाइरस अहिलेसम्म रोकथाम हुन सकेको छैन । कतिपय देशमा केही समय कोरोना भाइरसको कमि आए पनि पछिल्लो केही समय यता फेरि धेरै देशहरूमा वृद्धि भइरहेको छ । अहिले सबैभन्दा बढी ब्राजिलमा यो भाइरसले आक्रमण गरेको छ । पछिल्लो केही दिन यता कोरोना भाइरसको सिकारबाट ब्राजिलले निकै क्षति बेहोर्दै आइरहेको छ । ब्राजिल अहिले कोरोना भाइरसको संक्रमीतबाट गम्भीर अवस्थामा गुज्रिरहेको छ । दिन प्रति दिन संक्रमीत र मृत्यु हुनेको संख्या झन तिब्र गतिमा बढीरहेको छ । यसरी व्यापक रुपमा कोरोना भाइरस तिब्रताको कारण अहिले ब्राजिलले कोरोना भाइरस महामारीको भयानक अवस्थाको सामना गरिरहेको छ ।

दुई साता देखि लकडाउन गरिएको भएपनि झन यहि समयमा मृत्यु हुने र संक्रमीतको संख्यामा उच्च वृद्धि भइरहेको छ । ब्राजिलमा अहिले दिनमा २ हजार देखि ४ हजार सम्मको मृत्यु भएको यहाँको स्वस्थ्य मन्त्रालयले जनाएको छ । दैनिक संक्रमीत हुनेहरु पनि ७० हजार देखि झन्डै १ लाख पुग्ने गरेको छ । लकडाउनले ब्राजिल पुरै थप्प हुदा पनि दैनिक मृत्यु हुनेको संख्या र संक्रमीतको संख्या यसरी बढ्दा यहाँका जनताहरु निकैनै भयभीत छन् । लकडाउनको अवस्थामा पनि दिनकै मृत्यु हुने र संक्रमीत हुनेको संख्याले दिन कै उच्च रेकर्ड तोडिरहेको छ । साढे एक्काईस करोड जनसंख्या रहेको ब्राजिल एक बर्ष भित्र सवा एक करोड जनसंख्या कोरोना भाइरसबाट संक्रमीत भएका छन् ।

अहिले नयाँ रेकर्ड अनुसार आउदो दिनहरुमा ब्राजिलले अझ बढी नोक्सानी बेहोर्ने कुरामा कुनै दुइमत छैन । ब्राजिल सरकारले कोरोना भाइरस रोकथामको लागि कुनै उपाय गर्न सकेको छैन नत यहाँ कोरोना भाइरस बिरुद्धको भ्याक्सिन सबैलाई दिन सकेको छ । त्यस्तै अस्पतालका आइसियु भरिभराउ हुदा सबै बिरामीलाई आइसियुमा राखेर उपचार गर्न सकेको छैन । साच्चिकै ब्राजिल अहिले निकै नै नाजुक तथा दयनीय अवस्थामा गुज्रिरहेको छ ।

ब्राजिल अहिलेसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्यामा बिश्वमै अमेरिका पछिको दोस्रो स्थानमा छ । तर हालको रेकर्ड अनुसार पछिल्लो समय यता बिश्वमै ब्राजिलले नै सबै भन्दा बढी नोक्सानी बेहोर्नु परेको छ । दिन कै उच्च मृत्युदर र संक्रमीतको संख्यामा ब्राजिल नै अगाडि रहेको छ । अहिलेसम्म ब्राजिलमा ३ लाख ११ हजार मानिसहरुको मृत्यु भइसकेको छ । १ करोड २५ लाख मानिसहरु संक्रमीत भएका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected