एनआरएनए अमेरिकाज क्षेत्रको उप–संयोजक पदमा राम सि विजयी

गैरआवासिय नेपाली संघ (एनआरएनए) को अमेरिकाज क्षेत्रको उपसंयोजकमा राम सि पोखरेल विजयी भएका छन् ।
अमेरिकाबाट एक्ला उपसंयाेजकका उम्मेदवार उनले सहज जीत हासिल गरे ।शालिन नम्र र अरुलाई नपिराउने स्वभावका पोखरेल मिनि नेपालको रुपमा चिनिएको अमेरिकाको टेक्सस राज्यमा बसोबास गदै यहा“को सामाजिक अभियानमा समेत अग्रसर छन् । टेक्ससको नेपालीहरुको छाता संगठन नेपाली समाज टेक्ससको १९९८ देखि साधारण सदस्य हुदै सामाजिक काममा सक्रिय हुन थालेका हुन । २००७ देखि २००९ सम्म भने उनी समाजको नेतृत्व गदै अध्यक्ष समेत बने । त्यस्तै अमेरिकाको पहिलो लायन्स क्लब ड्यालस एभरेष्ट लायन्स क्लबको अध्यक्ष हुदै उनले आफनो सामाजिक काममलाई अहिले सम्म पनि निरँन्तरता दिदै आएका छन् । सन् २००२ मा उनको अगुवाईमा खुलेको एभरेष्ट लाइन्स खुलेको हो । सन् २००८ मा उनी त्यसको अध्यक्ष भएर विभिन्न सामाजिक काममा अग्रसर रहे । अहिले बन्दै गरेको नेपाली मन्दिरको बोर्ड अफ ट्रस्टीमा पनि उनीरहेका छन् ।
टेक्ससका पुरा बासिन्दा उनी यहा“का हरेक सामाजिक काममा अगाडी बढने मात्र नभई आफुले सकेको चन्दा सहयोग गर्न समेत हिच्किचाउदैनन । धेरैका लागी उनी सहयोगी र प्रेरणादायी व्यक्त्विको रुपमा रहेका छन् । सामाजिक गतिविधीलाई थप अगाडी बढाउन उनी २००८ देखि गैरआवासिय नेपाली संघ (एनआरएनए) अमेरिकाको सदस्य बने । एनआरएनए अमेरिकाको २०१५ देखि २०१७ सम्म उनले उपाध्यक्ष भएर काम गरे । गैरआवासिय नेपाली संघ अमेरिका बिस्तार हुदै गरेको सुरुवाती समय देखि नै एनआरएनए अभियानमा जोडिएर अगाडी बढेका उनले धेरै कुरा सिक्ने र एनआरएनएको धेरै गतिविधिको अनुभव बटुल्ने काम पनि गरेको बताउछन् । उपाध्यक्ष भएपछि तिनै अनुभव र ज्ञानलाई पदीय भुमिका अनुरुप केही सकारामत्क कार्यहरु समेत उनले गरेका थिए ।
पदमा हुदा मात्र हैन नहुदा समेत एनआरएनएको हरेक मुभेन्टमा उनी अविछिन्न रुपमा लागीरहेका छन् । एनआरएनएको यही लामो अनुभव र कार्यको आधारमा आगामी यात्रा उनले एनआरएनए अमेरिकाज क्षेत्र अन्तर्गत क्षेत्रीय उपसंयोजक पदमा विजयी यी योजनालाई मुर्त रुप दिने छन् ।
चुनावी अभियानमा अग्रसर पोखरेलका योजनाहरु यस्ता छन् ः
मुख्यगरी राष्ट्रिय समन्य परिषद र आइसिसिका बीचमा विधानले तोकेको कार्यक्षेत्रमा रही समन्वयकारी भूमिका खेल्ने तर्फ मेरो जोड रहनेछ
अमेरिकाज क्षेत्र भित्र पर्ने राष्ट्रहरु मध्ये एनआरएनएका गतिविधि हुन नसकेका राष्ट्रहरुमा एनआरएनहरुलाई सगठीत गराउदै राष्ट्रिय समन्वय परिषद खोल्ने तर्फ मेरो जोड रहनेछ ।
एनआरएनएको मुभमेन्टमा महत्वपुर्ण भुमिका खेलिरहेको अमेरिका र क्यानडाको एनआरएनए एनसिसिमा एनआरएनएहरुलाई बढी संगठीत गर्न राष्ट्रिय परिषदसंग मिलेर कामहरु गर्ने तर्फ ध्यान मेरो केन्द्रित हुनेछ ।
अमेरिकाज क्षेत्र भित्र रहेका राष्ट्रहरुमा बस्ने नेपालीलाई पर्ने समस्याको समाधानका लागी राष्ट्रिय समन्वय परिषद भएका राष्ट्रको हकमा एनसीसी मार्फत र नभएका राष्ट्रहरुमा आइसीसीको समन्वयमा काम गर्नेछु ।