अमेरिका–अमेरिकाको अलास्काको ब्याककन्ट्रीमा हेलीकप्टर दुर्घटना हुदा पाइलट सहित पाँच जनाको ज्यान गएको छ ।
पाहुना र गाइड सहित लजबाट निस्केको हेली स्काई ट्रीप यात्रामा निस्केको उक्त हेलिकप्टर दुर्घटनामा परेको हो । दुर्घटनामा चेक गणतन्त्रका सबैभन्दा धनी व्यक्ति पेटर केलेनियर सहितको ज्यान गएको एशोसिएट प्रेसले जनाएको छ । उनी विश्वकै ७० औ धनी व्यक्तिको रुपमा फोब्सले सुचीकृत गरेको थियो ।
अमेरिकाको सार्वजनिक सुरक्षा विभागले एन्कोरेज सहरको ८० किमी पुर्व नायक ग्लेशियर क्षेत्रमा उक्त दुर्घटना भएको बताइएको छ । माउन्टेन लजमा बसेका पर्यटकले उक्त हेली चार्टर गरेर ग्लेसियर अवलोकन गर्न निस्केका थिए ।
दुर्घटनामा एक यात्रु गंभी घाइते भएका छन् । दुर्घटना के कारणले भएको हो भन्ने बारेमा जा“च भइरहेको छ ।आइतबार राती मात्र दुर्घटनाको नामहरुले सार्वजनिक गरिएको थियो ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected