अमेरिका– अमेरिकाको क्यालिफोर्निया स्थित ओरेन्ज कार्यालय स्थित कम्पलेक्समा बन्दुक आक्रमणमा एक बालक सहित ४ जनाको ज्यान गएको छ ।
बुधबार साझ भएको उक्त घटनामा प्रहरी कार्वाहीमा आक्रमणकारी घाइते भएका छन् । घाइते आक्रमणकारीको अस्पतालमा उपचार भइरहेको छ । आक्रमणकारी को थिए भन्ने बारेमा प्रहरीले अहिलेसम्म नाम सार्वजनिक गरेको छैन । मृतकका शबहरु कार्यालय परिसरमा विभत्स अवस्थाम रहेको स्थानिय संचारमाध्यमहरुले जनाएका छन् ।
ओरेन्ज सहर लस एन्जल्सबाट दक्षिणपुर्वमा ४८ किमी दुरीमा रहेको छ । क्यालिफोर्नियाका गर्भनर गेविनले घटनालाई दुख्द बताउलै मृतकका परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected