एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको २०१९–२०२० कार्याकालको लागी अध्यक्षमा कुमार पन्त विजय भएका छन् । संघका वर्तमान उपाध्यक्ष पन्तले आफना प्रतिदन्द्धी कुल आचार्यलाई भारी मतले पराजीत गदै जीत हासिल गरेका हुन ।
काठमान्डौमा को याक एन्ड यतिमा भएको विश्वसम्मेलनमा पन्तले आगामी दुई वर्ष कार्यालयका लागी अध्यक्ष भएका छन् ।
उनले उम्मेदवारी घोषणाका क्रममा यस अघि आफनो २० प्रतिवद्ध पत्र समेत सार्वजनिक गरेका थिए । नेपालमा गैरआवासिय नेपालीको लागनी भित्राउने उनको मुख्य भिजन रहेको छ ।त्यसो त पन्तले भिजन ट्वान्टी एन्ड वियोण्डलाई कार्यान्वयनमा लैजाने, श्रमिक कल्याणकारी कोषलाई दोब्बर बनाउनुका साथै नागरिकता ऐन सम्बन्धी विधेयकमा सर्तक हुने, गैरआवासिय नेपालीको लगानीको विषयलाई छलफल चलाउने, एनआरएनएको सदस्य बिस्तारलाई परिषकृ लगायतका अभियानलाई पनि अघि सारेका छन् । पन्त अहिले चुनावी अभियानको दौडानमा युरोप एशिया लगायतका मुलुकहरुमा पुगीरहेका छन् ।
पन्त यस अघि २०१३ मा महासचिव, २०१५ देखि २०१७ मा उपाध्यक्ष र २०१८ देखि २०१९ सम्म पनि उपाध्यक्ष पदमा रहेर एनआरएनएको अभियान लाई अगाडी बढाएका छन् । झन्डै ८० लाख गैरआवासीय नेपालीलाई नेपालमा लगानी गर्नुपर्छ भन्ने मुल अभियानलाई उनले अंगालेका छन् । यसका लागी उनी आफनो प्रयासलाई अगाडी बढाइरहेका छन् । उनी चुनावका लागी आफु सम्पुर्ण रुपले तयार रहेको बताउदै चुनाव देख िभाग्ने र डराउनु पर्ने कुनै अवस्था नरहेको बताए । दुई–दई वर्ष उपाध्यक्षमा रहेर एनआरएनएको गतिविधीलाई अगाडी बढाएका पन्तलेअब अध्यक्षमा निर्वाचित भएपछि बाकी योजना र कामहरु अगाडी बढाउने तर्फ केन्द्रित रहने बताए
उनका अनुसार आफुले लगानीमा योगदान, सम्मानपुर्ण वैदेशिक रोजगारी, नागरिकता र मतदानको अधिकार, दिगोल संगठन र व्यापक सहभागितालाई जोड दिएको छु । त्यस्तै गैरआवासीय नेपालीले १० अर्बको संयुक्त कोष बनाएर नेपालमा लगानी गर्ने अभियान अघि बढाइरहदा पन्त अहिले त्यो विषयमा नेपालमा सरकारी पक्ष संग व्यापक छलफललाई अगाडी बढाइरहेका छन् । यो लगानीले नेपालमा ठोस योजना अगाडी बढने सहयोग पुग्ने उनले बताएका छन् ।
गोरखाको फुजेल गाउ“मा सामान्य परिवारमा जन्मेका पन्त १९९९ मा अध्यनका लागी जर्मन पुगेका थिए । अध्ययनलाई अगाडी बढाउदै संघर्षमा गरेका पन्तले होटल व्यवसायमा राम्रो सफलता हासिल गरे । पन्तले युरोपमा मात्र हैन नेपालको जलबिधुत, बैक वित्तिय, सिमेन्ट, रेमिट्यान्स रियल स्टेट लगायतका विभिन्न उद्योगमा समेत आफनो लगानीको संजाललाई बिस्तार गरेका छन् ।
जर्मन लगायन युरोपका अधिकांश देशमा होटल व्यवसाय संचालन गरेका पन्त २००३ देखि नै गैर आवासिय नेपाली संघमा आवद्ध भइ सक्रिय रहेका थिए । उनी एनआरएनएको जर्मन संयोजक हुदै युरोप संयोजक हुदै उपाध्यक्ष सम्म आइपुग्दै आगामी कार्यालयको अध्यक्षमा विजय बनेका छन् ।