अमेरिका– अमेरिकामा अघिल्लो वर्ष कोरोना महामारी संगै विभिन्न कारणले ३३ लाख मानिसको ज्यान गएको छ ।
यो एक वर्षमा सर्वाधिक मुत्यु भएको बताइएको छ । अमेरिकको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले बुधबार यसबारेमा जानकारी दिएको हो ।
अमेरिकामा कारोना महामारी सुरु भएपछि अहिलेसम्म कोरोनाबाट ५ लाख ५० हजार बढीको ज्यान गइसकेको छ । मुत्यु हुने दस विभिन्न कारण मध्ये पहिला आत्महत्या अधिक थियो । तर अहिले कोरोना महामारीले त्यसको स्थान लिएको छ ।
रिपोर्ट अनुसार पछिल्ला वर्षहरु भन्दा अघिल्लो वर्ष १६ प्रतिशत बढी मुत्यु भएको तथ्याङक सार्वजनिक गरिएको छ ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected