काठमान्डौ– आफुलाई सर्पोट गर्ने सबै नेपालीलाई आभार व्यक्त गदै अन्तत आफनो सपना साकार पार्न सदिक्षा बास्तोला अमेरिका उडेकी छिन् ।

विमानस्थलमा विदाई गर्न गर्न आएका शुभचिन्तक माझ सदिक्षा भावुक बन्दा उनको आसु थामिएन ।
तीन महिना अघि दाजुको शकास्पद मुत्यु पछि अमेरिकाको टेक्ससमा पाइलट पढदै गरेकी सदिक्षा बास्तोला नेपाल पुगेर न्यायका लागी लडेकी थिइन ।
दाजुको घटनालाई एउटा कानुनी बाटोबाट अगाडी बढाएर आफुले वर्षो देखि देखेको पाइलट बनेर उडान भर्ने सपनालाई साकार पार्न अध्ययन पुरा गर्न अमेरिका उडेकी हुन ।

आफनो पढाई सकेर उनी आफनो सिपबाट आफनो देशलाई सेवा दिन चाडै फर्केर नेपाल जाने अभिलाषा बोकेर शोकलाई शक्तिमा बदलेर अमेरिका उडेकी छिन्

दाजुको शकास्पद मुत्युको बारेमा उनले आवाज नउठाएको भए घटना ढिसमिस बनाउन खोजिएको थियो । सदिक्षाको आवाज र सबै नेपालीको साथले दाजुको शकास्पद मुत्युको आवाज सम्मानित अदालत सामु पुगेको छ । उनको एक्लो आवाजलाई सबै नेपालीले साथ नदिएको भए सायद सदिक्षाको दाजुको रहस्यमय मुत्यु रहस्यकै गर्भमा रहने थियो होला ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected