सोचेको थिएँ

होला अवश्यनै दरवारमा

तर देखिँन त्यहाँ

कति खोज्दा पनि

असली खुशी अनि सुख

 

खोजें धार्मिक परिसरहरुमा

हूल भेटेँ  भौतारिनेहरुको

अनि

दिलाउँछु भन्नेहरुको

तर देखिएन

खुशी सुख

 

शहर तिर खोजें

गाउँ तिर खोजेँ

धनीहरुमा खोजें

गरिवहरुमा खोजें

तर भेटिएन खुशी सुख

 

समृद्धि सुसज्जित पाताल देशमा

पाइन्छ खुशी सुख

त्यस्तै सोचेको थिएँ

तर पाएँ आफु भन्दा पिडित

मसिन मान्छे मिश्रित

 

हेरेँ डाँडाबाट

तल खोलामा शव जल्दै थियो

सोचेँ धेरै बेर

शायद त्यो मान्छे पनि

जिन्दगी भर

खुशी सुख खोज्दै थियो


बेडफोर्ड
, टेक्सास

अप्रिल २०२१

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected