आधा आकाश ढाक्ने नारीहरु
हरेक युगमा दिइ रहन्छन्
आफ्नेा अस्तित्व र पवित्रताकेा अग्नि परीक्षा
नारी स्वरुपमा ढुङ्गा पुज्ने येा समाजमा
छेारी र चेलीहरु आफनैबाट
भइ रहन्छन् असुरक्षित
घर, छाउ गेाठ र सडक पेटीहरुमा ।
हाम्रेा समाजमा जब एउटी नारी
अँध्यारो केाठामा नाङ्गिन्छे
तब उसलाई
यही समाजले वेश्याकेा उपमाले
अलङ्कृत गर्दै
उसकेा अपमान गरिरहन्छ
तर त्यही केाठामा
उसकाअगाडि नाङ्गिने पुरुष
वीर कहलिन्छ र त
शान देखाउँछ आफनेापुरुषार्थकेा
लैङ्गिक असमानताकेा येा व्युहचक्रमा
आछ महिने सेानाली बलात्कृत हुन्छिन्
त्यसैले लाग्छ हामी नारीहरु
येा नीमा काल बेाकेर बाँचिरहेका छैा
र त पिडित निर्मला र भागिरथीहरुले
न्यायकेा कठघरामा उभिएर
भागवत गीतालाई साक्षी राख्दै
कहिलेसम्म न्यायकेा भिख मागिरहन्छन् ?
सिंहदरबार अभिनय गर्न खप्पिस छ
र त सिंहदरबारकेा शासक
टुँडिखेलमा उभिएर
कानुनी शासनकेा दुहाइ दिन्छ
शितल निवास आखा चिम्लेर मैा बस्छ
त्यसैले हाम्रेान्यायालय
आखामा कालेा पट्टी बाँधेर
संविधानका धाराहरुमा कैदी बनेकेा बेला
अखबारहरु बलात्कारकेा समाचार बेचि रहन्छन् ।
साँच्चै हामी नारीहरु
हाम्रो जिन्दगीको कठिन मेाजमा छैा
किनभने कहिले प्रेमका नाममा
एउटा प्रेमी पुरुषले
आफ्नेा पुरुषार्थ देखाउँदै
हामी नारीमाथि एकान्तमा
एसिड प्रहार गर्छ
छाउ गेाठमा एक्लै ढुकेर
नारी अस्मितामाथि धावा बेाल्छ
तर पनि हामी मैान बस्छौं ।
त्यसैले अब
लैङ्गिक विभेदकेा पर्खाल तेाडेर
चुला चैाकादेखि सदनसम्म
हामी नारी गेालबन्द बन्दै
नारी अस्तित्वको रक्षा गर्नुकेा
अब कुनै विकल्प छैन ।
डुमरवाना,बारा
सम्बन्धित खवर
-
युलेस, टेक्सस — अगस्ट १५, २०२६ को ...
-
उनलाई डालस एयरपोर्टमा ...




















