शिव शर्मा
अमेरिका– अहिले एनआरएनए अमेरिकाको  चुनावी माहौल तातिएको छ । भावी अध्यक्षका लागी चार जना प्रतिस्प्र्धी अहिले चुनावी प्रचार अभियानमा दौडा दौड गरिरहेका छन् ।
२०२१–२०२३ का लागी डा अर्जुन बन्जाडे, बुद्धीसागर सुवेदी, कृष्ण लामिछाने र तिलक केसी अध्यक्षको मैदानमा उर्तिएका छन् ।
चार मध्ये कसले ध्यक्षमा बाजी मार्लान भन्ने बारेमा धेरैको ध्यान केन्द्रित हुन थालेको छ ।
यसपटक एनआरएनए अमेरिकाको २०२१–२०२३ को निर्वाचनको मिति मे २९ र ३० गते तोकिएको छ । तोकिएको निर्वाचनको मिति भन्दा महिनौ अगाडी नै उम्मेदवारहरु आ–आफनो पक्षमा मतदाता तान्न चुनावी प्रचार अभियानमा भिडिरहेका छन् ।
यस पटक अध्यक्षका लागी टेक्क्सबाट दुई जना उम्मेदवार मैदानमा छन् । वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष डा अर्जुन बन्जाडे र एनआरएनए अमेरिकाका बोर्ड अफ डाइरेक्टर कृष्ण लामिछाने ।
बन्जाडे र लामिछाने यतिबेला खरो रुपमा चुनावी प्रचार अभियानमा टेक्सस बाहिरका राज्यहरुको दौडमा निस्केका छन् । विभिन्न नारा बोकेर उनिहरु मतदाताको ध्यान आकृष्ट गर्न लागी परेका छन् । बन्जाडे यस अघि पनि अध्यक्षका दावेदार रहेकोमा सुनिल शाहलाई अध्यक्ष पदमा छाडदै आफु पछि हटेका थिए । यसपटक भने उनी पछि हटने पक्षमा छैनन । उनलाई अहिले सिंगो एनसिसिको भित्री रुपमा समर्थन रहेको छ । उता कृष्ण लामिछाने टेक्ससमा मर्दा र पर्दाको साथीरुपमामा सबैले चिन्ने गरेका छन् । नेपाली समाज टेक्सस रहेर राम्रो काम गरेका लामिछानेले सामाजिक अभियान्तको रुपमा आफनो बेग्लै छवि बनाएका छन् । उता लामिछानेलाई भित्री रुपमा गौरीराज जोशी तथा हरिबोल भण्डारी लगायतको समर्थन रहेको निकट स्रोत बताउछन् ।
उता अमेरिकाको विस्किन्सन निवासी व्यवसायी तथा सामाजिक अभियान्ता बुद्धीसागर सुवेदी पनि चुनावी अभियानमा कस्सिएर लागेका छन् । नेपालमा रहदा प्राध्यापन पेशामा संलग्न सुवेदी पनि सरल तथा बौद्धिक व्यक्त्विको रुपमा चिनिन्छिन् । औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका सुवेदी एनआरएनए अमेरिकाको वर्तमान कार्यसमितिका उपाध्यक्ष समेत हुन । उनले नेपालीहरु अधिक बसोबास रहेको न्युयोर्कबाट आफनो चुनावी अभियान थालेका थिए । बुदीराज सुवेदीलाई डा केशव पोडेल र डा यादव पण्डितको समर्थन रहेको छ । डा पण्डित नेपाल विद्यार्थी सघका पुर्व महामन्त्री समेत हुन । उता डा पौडेल दुई पटक एनआरएनए अमेरिकाको अध्यक्ष भइसकेका बलिया समर्थक हुन । विस्किन्सनकै अर्का व्यवसायी तिलक केसी पनि अध्यक्षको उम्मेदवारको रुपमा खडा भएका छन् ।
एनआरएनए अमेरिकाको वर्तमान बोर्ड अफ डाइरेक्टर रहेका केसी नेपालमा रहदा प्राध्यायन पेशामा संलग्न थिए । वामपन्थी बिचार धाराका केसि यस अघि त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियनको सचिव समेत भएका छन् । सामाजिक गतिविधीमा समेत लागेका केसीको चुनावी प्रचार अभियान अन्य तीन उम्मेदवारको जस्तो खरो देखिएको छैन । उनलाई अमेरिकामा रहेका वामपन्थी पक्षधरहरुले समर्थन गरेका छन् ।

यस पटककको एनआरएनए अमेरिकाको निर्वाचनमा तीन जना डा बन्जाडे, बुद्धीसागर सुवेदी र कृष्ण लामिछाने काग्रेस विचारधाराका उम्मेदवार रहेका छन् । तिलक केसी मात्रै एक जना वामपन्थी विचार धाराका उम्मेदवार हुन । यदि एनआरएनए अमेरिकाको भावी अध्यक्षका लागी कोही पछि नहटी चार जनाको प्रतिस्पर्धा भएमा २०–१९ को जोड घटाउमा प्रतिस्पर्धा हुने एनआरएनएमा आवद्ध एक जानीफकार बताउछन् । बुद्धी सुवेदी र डा अर्जुन बन्जाडे तथा कृष्ण लामिछाने र तिलक केसी पछि यो प्रतिस्पर्धा हुने देखिएको छ । यदि यी चार मध्ये कोही उम्मेदवार चुनावी मैदानबाट पछि हटे भने चुनावी नतिजा कसको पोल्टामा जाने भन्ने भन्न सकिने अवस्था छैन । मतदाताकेा मत निणार्यक हुने भएकाले कुन उम्मेदवारलाई समर्थन बढी हुन्छ त्यसले  जीत हारकेा निर्णय गर्नेछ।

 

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected