टेक्ससमा ज्यान गुमाएका थापाको शब नेपाल पठाउन गोफन्डमा सहयोग आव्हान

टेक्सस– टेक्ससको राजधानी अस्टिनमा मंगलबार मध्यरातमा अज्ञात समुहको बन्दुक आक्रमणबाट ज्यान गुमाएका रमेश थापाको शब नेपाल पठाउन गोफन्ड मार्फत सहयोगको आव्हान गरिएको छ ।
अन्तेष्टिका लागी शब नेपाल पठाउन लागिएकाले गोफन्डमा सहयोग गरिदिन सबैसंग आव्हान गरिएको हो ।

पोखराको सराङकोट घर भएका ३९ वर्षिय थापाको ग्यास स्टोरको काम सकेर राती घर फर्कने क्रममा आफु बस्ने अपार्टमेन्ट कम्पलेक्स भित्रै गोली हानी हत्या गरिएको थियो । गोली प्रहारबाट थापाको घटनास्थलमै ज्यान गएको थियो ।
रातीको सिफटमा काम गदै आएका थापाको काम गर्ने स्थान र अपार्टमेन्टको दुरी ५ माइल रहेको थियो ।
अहिले सम्म घटनामा संलग्न आक्रमणकारी पक्राउ परेका छैनन । प्रहरीले आक्रमणकारीको खोजी जारी राखेको छ ।
सुन्दर सपना बोकेर हत्केलामा ज्यान राखेर थापा झण्डै एघार वर्ष अघि तल्लो बाट हिडेर अमेरिका आएका थिए । तर सपना पुरा हुदा नहुदै थापाको अकल्पिनय निधन भएको छ । तीन वर्ष अघि मात्र अमेरिका आएका भाई लक्षमण थापा संग उनी अस्टिनमा बस्दै आएका थिए ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected