अमेरिकाले बनायो अन्तरिक्षामा चौबिसै घन्टा शत्रुका स्याटेलाइट माथि नजर राख्ने टेलिस्कोप

अमेरिका– रुस तथा चीनबाट अन्तरिक्षमा बढदो खतरालाई ध्यानमा राखेर अमेरिकाले चोबिसै घन्टा शत्रुहरुको स्याटेलाइट माथि नजर लगाइरहेको छ ।
दुस्मनको खतरालाई ध्यानमा राखेर अमेरिकाले नजर लगाउन महाशक्तिशाली स्पेश टेलिस्कोपको निर्माण गरेको हो । अमेरिकाको स्पेश फोर्सले लगात्तार अहिले निगरानी गरिरहेको छ । स्पेश फोर्समा यस्तो मेसिन छ जसले शत्रुको स्याटेलाइटसका गतिविधीहरुको ट्रयाक समेत गर्न सक्छ । अमेरिकाले बनाएको यो टेलिस्कोपले हजारौ किलोमिटर टाढाको गतिविधी समेत ट्रयाक गर्न सक्छ । यो टेलिस्कोपले ३५ हजार किलोमिटर टाढा सम्म नजर राख्न सक्छ । कयौ पटक यस अघि अमेरिकाको स्याटेलाइट विरोधीहरुको स्याटेलाइट संग ठक्कर खाइसकेको छ । यसरी ठोक्किदा डाटा समेत चोरी हुन सक्ने भन्दै अमेरिकाले यस्तो प्रविधि विकास गरेको हो ।
स्पेस समाचार एजेन्सीका अनुसार टेलिस्कोप बनाउनका लागी अमेरिकी वायु सेनासंग तीन मिलियन डलरको सम्झौतामा हस्ताक्षर गरेको थियो ।
अमेरिका पछिल्लो क्रममा अन्तरिक्षमा रुसको शक्ति बढदै गएपछि चनाखो भइरहेको छ । एक विवरण अनुसार अमेरिका संग विश्वमै सबैभन्दा धेरै खोजी स्याटेलाइट रहेको छ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...