टेक्सस– टेक्ससको राजधानी अस्टिनमा मंगलबार मध्यरातमा अज्ञात समुहको बन्दुक आक्रमणबाट ज्यान गुमाएका रमेश थापाको शब नेपाल पठाउन गोफन्ड मार्फत सहयोगको आव्हान गरिएको छ ।
ग्रेटर अस्टिन नेपाली  कम्युनिटीले बिहीबार गेाफन्ड अकाउन्ट खेालेर सहयेाग

सबैसंग आव्हान गरिएको हो । शब नेपाल पठाउने या परिवारलाई यतै बालाउने बारेमा छलफल भइरहेकेा छ ।पोखराको सराङकोट घर भएका ३९ वर्षिय थापाको ग्यास स्टोरको काम सकेर राती घर फर्कने क्रममा आफु बस्ने अपार्टमेन्ट कम्पलेक्स भित्रै गोली हानी हत्या गरिएको थियो ।  उनकेा श्रीमति र एक १३ वर्षिय छेारा नेपालमा छन ।गोली प्रहारबाट थापाको घटनास्थलमै ज्यान गएको थियो ।
रातीको सिफटमा काम गदै आएका थापाको काम गर्ने स्थान र अपार्टमेन्टको दुरी ५ माइल रहेको थियो ।
अहिले सम्म घटनामा संलग्न आक्रमणकारी पक्राउ परेका छैनन । प्रहरीले आक्रमणकारीको खोजी जारी राखेको छ ।
सुन्दर सपना बोकेर हत्केलामा ज्यान राखेर थापा झण्डै एघार वर्ष अघि तल्लो बाट हिडेर अमेरिका आएका थिए । तर सपना पुरा हुदा नहुदै थापाको अकल्पिनय निधन भएको छ । तीन वर्ष अघि मात्र अमेरिका आएका भाई लक्षमण थापा संग उनी अस्टिनमा बस्दै आएका थिए ।

https://www.gofundme.com/f/fundraise-for-ramesh-thapa-funeral-and-family-help?utm_source=facebook&utm_medium=social&utm_campaign=m_pd%20share-sheet&fbclid=IwAR1fUG0gAWNVxnRDP8bYu3CruKjf0R2f3TG2sWz1KQIQ4bb5Hhhj95FMEzk

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected