टेक्सस– अमेरिकाको टेक्ससको ब्रायनमा भएको बन्दुक हमलामा एक जनाको ज्यान गएको छ । घटनामा पा“च जना गंभीर घाइते भएको प्रहरीले जनाएको छ ।
साकम्पनीको पार्किङ स्थलमा फायरिङ सुरु भएको थियो । फायरिङ के कारणले गरिएको हो भन्ने बरेमा खुल्न सकेको छैन । घटनास्थलमा प्रहरी पुगे लगत्तै आक्रमणकारी भागेका थिए । प्रहरीले दिएको जानकारी अनुसार गोलबारी पछि घटनास्थलबाट ४८ किमी टाढाबाट एक संिन्दग्ध २७ वर्षिय लैरी बिस्टन बोलिनलाई प्रहरीले पक्राउ गरेको छ । अनुसन्धानका लागी उनलाई हिरासतमा राखिएको छ ।
आक्रमणकारीको पिछा गरेका एक प्रहरी अधिकारी माथि गोली प्रहार गरिएको छ । प्रहरी अधिकारी समेत गंभीर घाइते भएका छन् ।
अमेरिकामा पछिल्लो क्रममा बन्दुक आक्रमणका घटना बढीरहेको छ।
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...