एनआरएनए को सचिवमा गौरीराज जोशी भारी मतले विजयी

गैरआवासिय नेपाली संघ (एनआरएनए) को सचिवमा गौरीराज जोशी विजयी भएका छन् । कुमार पन्तको प्यानबाट उठेका जोशीले भारी मत ल्याएका थिए । सोही प्यानलबाट आर के शर्मा पनि सचिवमा विजयी भए । विजय पछि जोशीले सबैको सहयोग लिएर अघि बढने बताए ।
उनले सबैको सहयोगले सचिव पदमा विजय भएपछि संस्थाभिका बिसंगति हटाउने, संस्थालाई आर्थिक रुपले बलियो बनाउने, एनआरएनएलाई सबैको पहुचमा पुराउन साझा संस्थाको रुपमा विकास गर्ने, गैरआवासिय नेपालीहरुमा आइपर्ने हरेक खाले आपत र बिपत सहयोग गर्ने जस्ता एजेन्डालाई अघि सादै चुनावी अभियानमा होमिएका हुन । त्यस्तै नेपाल र नेपालीको हित हुने कामको ज्ञान सिप लाई जोडने पुलको रुपमा काम गर्ने समेत एजेन्डा बनाएका छन् । त्यस्तै नेपालको पर्यटन र सांस्कृति सम्पदालाई विश्व बजारमा थप प्रवद्धन र प्रचाप्रसारमा तिब्रता दिन आफनो तर्फबाट पहल गर्ने समेत वचनवद्धता प्रकट गरेका छन् ।
त्यसो त उनी संस्थामा नरह“दा समेत अमेरिकाको टेक्ससमा रहेर सामाजिक सहयोगमा अग्रणी भुमिका खेल्दै आएका छन् । ‘पदमा रहे पनि नरहे पनि समाज प्रतिको दायित्व र सहयोगलाई कुनै पनि हालतमा कमी हुन दिनेछैन’ काठमान्डौमा रहेका जोशीले जीतपछि युएसनेपाल पोष्ट संगको अनलाइन कुराकानीमा भने– ‘ थप जिम्मेवारी बोध गरि आफनो दायित्वलाई फराकिलो बनाउदै लग्नेछु ।’
लमजुङको चिति गाउ“मा एउटा निम्न मध्यम वर्गीय किसान परिवारमा जन्मिएरक हुर्किएका जोशी अमेरिकामा अध्यनन गरेर संघर्ष गदै आइटी व्यवासयमा अब्बल व्यवसायीको रुपमा स्थापित छन् ।
१९९७ मा ऋणधन गरेर २३ वर्ष अघि अमेरिका आएका जोशी अहिले टेक्ससमा आइटी व्यवसायबाट मनग्गे कमाउने व्यवसायीको रुपमा स्थापित भइसकेका छन् । ग्यास स्टोरमा घन्टा हान्दै अध्ययन गरी आइटी डेप्लोपर भइ काम गदै व्यवसायमा हात हालेर आज उनको कम्पनीले वर्षमा अर्बोको कारोबार गर्छ ।
उनले २००८ मा केही साथीको साझेदारीमा आइटी व्यवसायमा हात हालेका थिए व्यवसायी सुरु गरेको एक वर्षपछि साझेदारी साथीहरु लखापाखा लागे । उनी एक्लैले व्यवसाय चलाउने आ“ट लिए र व्यवसायमा अब्ब्ल ठहरिए ।क्रेडिट ३० हजार डलरबाट शुरु भएको उनको व्यवसायले अहिले वार्षिक ३ अर्बको कारोबार गर्छ । नेपाली , अमेरिकन भारतीय लगायत अन्य विदेशी मुलुकका ५ हजार जनालाई अहिले सम्म प्रत्यक्ष रोजगारी दिइसकेका छन् । टेक्ससको ड्यालस स्थित अर्विङमा रहेको उनको भास्तिका इनकर्पेरेटमामा अहिले ३ सय जना इन्जियिनर तथा ३० जना नेपाली अमेरिकन र भारतीय कर्मचारी कार्यरत छन् ।
आइटी व्यवसायी संगै उनले रियल स्टेट डेभलपमेन्ट, रेष्टुरा, होटल तथा रिटेल स्टोरमा समेत लगानी गरेका छन् । आठ वटा त उनका रिटेल स्टोर नै छन् । अमेरिकामा मात्र हैन नेपालमा पनि बैकिङ, इन्सुरेन्स, जलविधुत, चिकित्सा तथा शिक्षा क्षेत्रमा समेत उनको लगानी रहेको छ ।
कमाई संगै उनले सामाजिक सेवामा पनि आफनो आम्दानीको ठुलो हिस्सा खर्चेका छन् । हालै मात्र उनले एनआरएनए संस्थालाई एक करोड रुपैया आर्थिक सहयोग गरेका छन् । टेक्ससमा बन्दै गरेको नेपाली मन्दिरलाई उनले ५० लाख रुपैया सहयोग गरेका थिए । कमाएको मध्ये वर्षमा एक करोड रुपमा त चन्दा सहयोगमा खर्चिन्छन् उनी टेक्ससमा हरेक सामाजिक काममा उनको ठुला चन्दादाताको रुपमा समेत परिचित छन् ।
गैरआवासिय नेपाली संघ (एनआरएनए) अमेरिकामा आवद्ध छन् । सबै गैरआवासिय नेपालीको प्रतिनिधित्व गर्ने सामाजिक संस्था भएकाले यसमा उनले आवद्धतामा रुची देखाएको बताए । उनले एनआरएनएमा २००७ देखि आवद्धता जनाएका हुन । उनी २००७ देखि २००९ सम्म एनआरएनएमा सदस्यता संयोजक भएर काम गरे । त्यस्तै १५ र १७ मा सल्लाहकार बने । एनआरएनए आइसिसि अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक पनि थिए ।