अमेरिका– अमेरिकामा एक भारतीय दम्पत्ति न्युजर्सि स्थित आफनै घरमा मृत अवस्थामा भेटिएका छन् ।

छिमेकीले उनिहरुको चार वर्षिया छोरी घरको बार्तलीमा एक्लै रोएको अवस्थामा देखेपछि उनको मुत्यु भएको घटना पत्ता लागेको हो । महाराष्ट्र भारतका ३२ वर्षिय बालाजी भारत रुद्रवार तथा उनको श्रीमति ३० वर्षिया आरती बालाजी रुद्रवार भएको समाचार एजेन्सी पिटिआईले जनाएको छ ।
पारिवारिक सुत्रका अनुसार शुक्रबार मात्र यो घटनाको बारेमा जानकारी गराइएको हो । मुत्यु के कारणले भएको हो भन्ने बारेमा केही खुलेको छैन । बिहीबार मात्र भारत स्थित घरमा घटनामा जानकारी गराइएको थियो ।
आइटी पेशामा संलग्न बालाजी २०१५ मा आफनो श्रीमति सहित अमेरिका आएका थिए । पत्नी आरती सात महिनाको गर्भवति रहेको परिवार जनले जानकारी दिएको छ । उनिहरुको २०१४ मा विवाह भएको थियो ।

एजेन्सी

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected