टेक्सस–टेक्ससको पश्चिमी हयुस्टनमा शुक्रबार आठ महिनाका बालकको गोली लागेर ज्यान गएको छ ।
प्रहरीका अनुसार तीन वर्षका दाजुले घरमा राखेर बन्दुक चलाउदा आठ महिनाका भाईको ज्यान गएको हो । बालकको नाम भने सार्वजनिक गरिएको छैन ।
हयुस्टन प्रहरी विभागका सहायक प्रमुख बेन्डी बैमब्रिजले बालकको पेटमा गोली लागेकोमा अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । यो घटनामा कसलाई आरोपी बनाउने या नबनाउने भन्ने बारेमा प्रहरीले केही बताएको छैन ।
प्रहरीले यो घटना पछि घरमा राखिएको हतियार बालबालिकाको पहुचबाट टाढा राख्न आग्रह गरेको छ । हतियारलाई सुरक्षीत राख्न समेत भनिएको छ।

एजेन्सी

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected