अमेरिका-अमेरिकाको भर्जिनियाको फल्स चर्च सहरमा शुक्रबार कारको ठक्करबाट ३७ वर्षिय रमाकान्त भुषालको निधन भएको छ
राती कामबाट घर फर्केने क्रममा शुक्रबार सवारी ठक्करबाट निधन भएको हो । नेपालको नवलपरासीको परासी स्थायी घर भएका भुषाल नर्थ क्यारोलिनाबाट बसाई सरी भर्जिनियामा श्रीमति संग बस्दै आएका थिए ।

उनका एक छोरा र छोरी नेपालमा रहेको आफन्त प्रकाश न्यौपानलेले जानकारी दिए ।
राती अर्पाटमेन्ट कम्पलेक्सबाट डेढ माइल दुरीमा रहेको ग्यास स्टोरको काम सकेर पैदल घर फर्किदै गर्दा इन्टरसेक्सनमा बाटो काट्दा उनलाई सवारीले ठक्कर दिएको थियो ।
भुषाल एक वर्ष अघि मात्रै डिभी परेर अमेरिका आएको न्यौपानेले युएसनेपाल पोष्टलाई जानकारी दिए ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected