भर्जिनियामा सडक दुर्घटनामा ज्यान गुमाएका भुषालको सहयोगका लागी गोफन्ड

टेक्सस– अमेरिकाको भर्जिनियामा सडक दुर्घटनामा ज्यान गुमाएका रमाकान्त भुषालको परिवारजनलाई सहयोग गर्न गोफन्ड खोलिएको छ ।
गैरआवासिय नेपाली संघ (एनआरएनए) भर्जिनिया राष्ट्रीय समन्वय समितिले गोफन्ड अकाउन्ट खोलेर सबैका लागी सबैको आव्हान गरेको छ ।
नेपालको परासी जिल्ला घर भएका ३७ वर्षिय भुषालको गत अप्रिल ९ गते फल्सचर्चमा बाटो काटने क्रममा सवारीले ठक्कर दिएपछि ज्यान गएको थियो । उनलाई ग्यास स्टोरको रातीको काम सकेर घर फर्कदा १०.३० बजे सवारीले ठककर दिएको थियो । घाइते अवस्थामा अस्पताल पुराइएकोमा उनको निधन भएको थियो ।
भुषालको श्रीमति ९ र ७ वर्षका दुई छोराछोरी रहेका छन् । एक वर्ष अघि मात्रै उनी डिभी भिसामा अमेरिका आएका थिए । उनी नर्थ क्यारोलिनाबाट हालै मात्र भर्जिनिया बसाई सरेका थिए ।
परिवारको आर्थिक अवस्था सक्षम नभएकाले सबैलाई गोफन्ड मार्फत सहयोग गरिदिन आग्रह गरिएको छ । २५ हजार लक्ष्य राखेर गोफन्ड सुरु गरिएको छ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...