अमेरिका– अमेरिकाको मिनिसोटामा प्रहरीको गोलीबाट एक २० वर्षिय अश्वेत युवाको निधन भएपछि बु्रकलिन क्षेत्र तनावग्रस्त बनेको छ ।
मिनियापोलिस सहरको बु्रकलिन क्षेत्रमा सवारी नियम उल्लघन गरेको आरोपमा पक्राउ गर्न खोज्दा प्रहरीको गोलीबाट आइतबार २० वर्षिय डायन्ट राइटको ज्यान गएको हो । घटनास्थल जर्ज फलोइडको मुत्यु भएको स्थानबाट दस माइल टाढा रहेको छ । प्रहरीले उनलाई वारेन्ट जारी गरेर पक्राउ गर्न खोज्दा उनी त्यसको बेबास्ता गदै कार भित्र गएर बसेको प्रहरीले बताएको छ । उनले प्रहरीमाथी नै गोली चलाएपछि जवाफी कार्वाहीको क्रममा प्रहरीले पनि गोली चलाएको बताइन्छ । गोली लागेका युवाको घटनास्थलमै मुत्यु भएको थियो ।
प्रहरीले सोमबार बिहान मात्र मिनियापोलिसमा दुई व्यक्तिलाई मृत अवस्थामा फेला पारेको छ । एक जनालाई कार भित्र र अर्कोलाई सडकमा भेटिएको प्रहरीले जनाएको छ । बन्दुक आक्रमण र कार दुर्घटनामा उक्त घटना घटेको हुन सक्ने बताइएको छ ।
युवाको मुत्युपछि त्यहा“को अवस्था झनै तनावग्रस्त बनेको छ । अहिले उक्त क्षेत्रमा कर्फयु लगाउनुका साथै नेशनल गार्ड परिचालन गरिएको सिबिएस न्युजले जनाएको छ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...