अमेरिकामा जोन्सन एण्ड जोन्सन भ्याक्सिन माथि अस्थायी रोक लगाउन सिफारिस

अमेरिका–अमेरिकामा कोराना महामारीका बीच जोन्सन एण्ड जोन्सन भ्याक्सिन प्रयोगमा अस्थायी रोक लगाउन सिफारिस गरिएको छ ।
भ्याक्सिन रगतमा केही समस्या तथा साइड इफेक्ट गरेको भन्दै यसको प्रयोग नगर्न सल्लाह दिइएको छ ।
अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र र अमेरिकी खाद्य एवंग औषधी प्रशासनले यसको प्रयोगमा तत्काल रोक लगाउन भनेको छ ।
यस सम्बन्धी छलफल गर्न अमेरिकी रोग नियँन्त्रण तथा रोकथाम केन्द्रले जोन्सन एण्ड जोन्सन भ्याक्सिन माथि उठेको प्रश्नको बारेमा छलफल गर्न सल्लाहकार समितिको बैठक समेत बोलाएको छ । जब सम्म अमेरिकी खाद्य तथा औषधी प्रशासनको समिक्षा प्रकृया पुरा हुदैन तब सम्म यसको उपयोगमा सावधानी अपनाउन भनिएको छ । अमेरिकामा अहिलेसम्म ६८ लाख भन्दा बढीलाई यो भ्याक्सिन दिइसकिएको छ ।
अमेरिकामा चार किल्कलाई जोन्सन एण्ड जोन्सन भ्याक्सिन माथि प्रतिबन्ध लगाईएको छ । जर्जियामा अवस्थित यी क्ल्किहरुमा यो भ्याक्सिन लगाएपछि केहीमा साइड इफेक्ट देखिएको हो नर्थ क्यारोलिनामा पनि यो भ्याक्सिन लगाएका १८ जनामा साइड इफेक्ट देखिएपछि अस्पताल भर्ना गरिएको अमेरिकी संचारमाध्यमले जनाएका छन् ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...