अमेरिका–हामीले बालबालिकालाई रिसमा थप्पड लगाउने गर्छो अक्सर नेपालतिर । तर अमेरिकामा थप्पड हानियो भने कडा कानुनको सामना गर्नुपर्छ ।
अमेरिकामा हालै हार्वड युनिभर्सिटीका बैज्ञानिकहरुले गरेको एउटा अनुसन्धानमा बालबालिकालाई थप्पड लगाउदा उनिहरुको दिमागको विकासमा असर पर्ने बताएका छन् । यो यथार्थको पत्ता लगाउन वैज्ञानिकले १४७ बालबालिकाको दिमागमा थप्पड हान्दा पार्ने प्रभावको बारेमा जा“च गरेका थिए ।
अध्ययनमा बालबालिकालाई थप्पड हान्नु कुपोष्ण र हिंसा कै बराबार बालबालिकाको मानसिक विकासमा असर पर्ने सक्नेछ । यसले बालबालिकामा निर्णय लिने शक्ति तथा परिस्थितिको सामना गर्ने सामाथ्र्य पनि खत्म हुने सक्नेछ ।
यो अनुसन्धानका लेखक तथा हार्वड विश्वविद्यालयका मनोविज्ञान विभागका प्राध्यापक केटी ए ले थप्पड लगाउदा बालबालिकामा चिन्ता, व्यवहार तथा अन्य मानसिक स्वास्थयमा पनि समस्या हुने बताएका छन् ।
प्राध्यापक केटी तथा उनका तीन सहयोगीले ३ देखि ११ वर्षका बालबालिकामा थप्पडको प्रभावबाट प्राप्त तथ्याँकको विश्लेषण गरेका थिए । उनिहरुले अनुसन्धानमा सामेल प्रत्येक बालबालिकाको एमआरआई मेसिनको माध्यमबाट जाच गरेका थिए ।

एजेन्सी

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected