मिनियापोलिसमा २० वर्षिय अश्वेत युवकमाथि गोली चलाउन प्रहरी विरुद्ध मुद्धा

अमेरिका–अमेरिकाको मिनिसोटाको मिनियापोलिसमा सवारी स्टपमा गोली चलाउदा २० वषीय युवक डन्टे राइटको मुत्युको प्रकरणमा गोली चलाउने महिला प्रहरी किम पोटरलाई पक्राउ गरिएको छ ।
पक्राउ परेकी उनलाई बुधबार दोस्रो डिग्रीको ज्यान कसुरमा मुद्धा चलाइएको छ ।
चार दिन अघि मिनिसोटाको बुकलिन सेन्टरमा ट्राििफल नियम उल्लघनका क्रममा महिला प्रहरी पोटरले गोली चलाउदा उनको ज्यान गएको थियो । घटनामा दोषी ठहर भएमा उनलाई १०वर्षसम्मको जेल सजाय तथा २०जार डलरसम्मको जरिवाना या दुवै सजाय हुन सक्नेछ ।
यो घटनापछि यस अघि नै त्यहा“को प्रहरी प्रमुख र गोली चलाउने महिला प्रहरीले राजीनामा दिइसकेका थिए । प्रहरीले यो घटनालाई अन्जानमा भएको घटना भन्दै स्पष्टीकरण दिएको थियो ।
अश्वेत युवकको मुत्युपछि यतिबेला मिनियापोलिसको बु्रकलिन सेन्टरमा प्रदर्शनकारी र प्रहरीबीच झडप भइरहेको छ ।
एजेन्सी
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...