अमेरिकाको इन्डियानापोलिसको फेडेक्सस केन्द्रमा बन्दुक हमलामा ८ जनाको मुत्यु

अमेरिका–अमेरिकाको इन्डियाना पोलिसको फेडेक्सको एउटा केन्दमा बिहीबार राती भएको सामुहिक बन्दुक आक्रमणमा आठ जनाको ज्यान गएको छ ।
प्रहरीले दिएको जानकारी अनुसार घटनामा कयौ घाइते भएका छन् । घाइते मध्ये अस्पतालमा उपचार गराइरहेका चार जनाको अवस्था गंभीर रहेको छ । प्रहरीले घटना बारेमा स्थानिय संचार माध्यलाई दिएको जानकारी अनुसार बन्दुक आक्रमणकारीले आक्रमणकारीले आफैलाई गोली हानेर आत्महत्या गरेको बताएको छ ।
प्रहरी घटनास्थल पुग्दा समेत गोलाबारी चलीरहेको थियो । फेडेक्सले शुक्रबार एक विज्ञप्ती जारी गरी इन्डियानापोलिसको विमानस्थल नजिक फेडेक्स केन्द्रमा दुर्भाग्यपुर्ण घटना भएको बताएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ,।
एजेन्सी
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
टेक्सस– श्रीकृष्ण हिन्दु समाज ...