अमेरिकाको फेडेक्स कम्पनी परिसरमा मारिने ८ मध्ये चार जना भारतीय शिख समुदायका
अमेरिका– अमेरिकाको इन्डियाना राज्यको फेडेक्स कम्पनी परिसरमा बन्दुक आक्रमणमा मारिने आठ मध्ये चार जना भारतीय शिख समुदायका चार जना रहेको पृष्ठि भएको छ ।
इन्डियाना प्रहरीका अनुसार मारिने चार शिख समुदायका ६६ वर्षिय अमरजीत जोहल, ६४ वर्षिय जसविन्दर कौर, ४८ वर्षिय अमरजीत, तथा ६८ वर्षिय जसबिन्दर सिंह रहेका छन् । शिख समुदायकै ४५ वर्षिय हरप्रीत सिंह आ“खामा गोली हालेर घाइते छन् । उनको अस्पतालमा उपचार भइरहेको छ ।
इन्डियानामा उक्त कम्पनीमा काम गर्ने भारतीय मुलका ९० प्रतिशत भारतीय मुलका अमेरिकी व्यक्तिहरुको स रहेको बताइएको छ । इन्डियानामा मात्रै भारतीय शिख समुदायका १० हजार भन्दा बढी बसोबास गदै आएका छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेन तथा उपराष्ट्रपति कमला हयारिसले यो त्रासदी घटनामाको खबरले आफुहरुलाई दुखी बनाएको भन्दै शोक व्यक्त गरेका छन् ।
एजेन्सी
सम्बन्धित खवर
-
डोनाल्ड ट्रम्पले २०२४ को ...
-
धन्यवाद दिवस अमेरिकामा ...