पछिल्लो क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अध्यागमन निति कडा बन्दै गइरहेको बेला मेक्सिको क्षेत्रबाट आप्रवासी फर्काउने क्रम बढेको छ । यसै क्रममा अवैध रुपमा बिहीबार अमेरिका प्रवेश गर्न खोज्ने ३ सय ११ जना भारतीयलाई मेक्सिको क्षेत्रबाट फिर्ता पठाइएको छ ।
मेक्सिको स्थित नेशनल माइग्रेसन इस्टीट्युट का अनुसार अवैधानिक प्रकृयाबाट प्रवेश गर्न खोजेकाले टोलुबा सिटीको अन्तराष्ट्रिय विमानस्थलबाट जहाजमा चढाएर उनिहरुलाई भारतको नया दिल्ली पठाइएको छ ।
उनिहरुलाई फिर्ता पठाउनु अघि बाजा क्यालिफोर्निया, ओक्साका, मेक्सिको सिटी, बेराक्रुज लगायतका राज्यको आप्रवासन अधिकारी सामु पेश गराइएको थियो ।
यस अघि नै डोनाल्ड ट्रम्पले मेक्सिको सिमा क्षेत्रबाट अमेरिका प्रवेश गर्न खोज्नेलाई मेक्सिकोले नरोकेको खण्डमा अमेरिकाबाट हुने सबै आयातमा सिमा शुल्क लगाउने चेतावनी दिएका थिए । त्यही चेतनवानीलाई मेक्सिकोले सिमा सुरक्षा बढाएर गैरकानुनी आप्रवासीलाई फिर्ता पठाउने नितिलाई बिस्तार गदै लगेको छ ।
अमेरिकाको समाचार एजेन्सीको तथ्याङक अनुसार एशियाली मुलुकका झन्डै १० लाख आप्रवासीहरु अवैध रुपमा अमेरिकामा बस्दै आएका छन् । जसमा भारतीयको संख्या उलेख्य रहेको छ । जसमा नेपालीहरुको संख्या ४० हजार भन्दा माथि रहेको अनुमान छ । अमेरिकाको इमिग्रेसन एन्ड कस्टयुम्स इन्फोर्समेन्टको तथ्याङ्क अनुसार २०१८ मा २ लाख ८६ हजार ८५ जनालाई आफनो मुलुक फिर्ता पठाइएको छ । नेपाली के कति पठाइए भन्ने बारेमा आधिकारिक तथ्याङक भेटिदैन ।

फ़ाईल फाेटाे -एजेन्सी

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected