अमेरिका– पछिल्लो पटक कोरोनाभाइरस सम्बन्धी एउटा सनसनी पुर्ण खुलासा वैज्ञानिकहरुले गरेका छन् ।
चर्चित स्वास्थय सम्बन्धी पत्रिका लैन्सेटले शुक्रबार प्रकाशित गरेको अध्ययनमा सार्स सिओवी–२ भाइरस हावाको माध्यमबाट पनि फैलिरहेको छ ।
सार्स सिओवी–२ बाट नै कोरोना संक्रमण हुने गरेको पर्याप्त प्रमाण रहेको अनुसन्धान कर्ताहरुले बताएका छन् । हावाको माध्यमबाट फैलिरहेको भाइरसकै कारण कोरोना थामिन नसकेको विशेषज्ञहरुको दाबा छ । अमेरिका तथा क्यानडाका ६ विशेषज्ञका अनुसार सार्वजनिक स्वास्थय व्यवस्था यो भाइरसको उपचार गराउन विफल समेत भइरहेको बताएका छन् ।
हवाको माध्यमबाट फैलिने यो भाइरसबाट मानिसहरु असुरक्षीत हुने गरेको समेत विशेषज्ञहरुले बताएका छन् ।
एउटा संक्रमणको घटनामा एक व्यक्तिबाट ५३ जनना संक्रमीत भए । अध्ययनमा आएको रिपोर्ट अनुसार उनीहरु आपसी सम्पर्कमा थिएनन । केवल हावाको माध्यमबाट नै उनिहरुमा संक्रमण भेटियो । सार्स सिओवी–२ को प्रभाव बाहिरको तुलनामा बन्द कोठामा धेरै हुने बताइएको छ । बन्द कोठामा पनि हावा आवतजावत भएको छ भने भाइरसको प्रभाव घटदै जान्छ । वैज्ञानिकहरुले हावाको माध्यमबाट फैलिदै गएको भाइरसको बारेमा महत्व दिनु पर्ने बताएका छन् ।

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected