खुड्किलो चढ्दै चढ्दै
पुगे पछि टुप्पामा
देखेँ
कोहि राग अलाप्दै
कोहि भजन गाउँदै
कोहि आफ्नै बखान गर्दै
कोहि झोक्राउँदै
कोहि अलमलमा पर्दै
भुइँमा पल्टिरहेकाहरु
टुप्पोको बसाई
निर्जन बस्ति!
चिसो स्याँठ
अक्सिजनको कमि
जीवनयात्राको
अन्तिम कालखण्डका यात्रीहरुको साथ
सजिलो कहाँ हुन्छ र!
फर्किने अवस्था छैन
माथि जाने ठाउँ छैन
माथी अनन्त आकाश
तल
छोडेको बस्तीको विहंगम दृश्य
स्मृतिहरूमा
रमाइला कालखण्डहरु
आफ्नाहरु, पराईहरु
आउँछन, जान्छन
जिउँदै छु कि छैन
आफैँलाई सोध्नु पर्ने
भन्नै नसकिने
खुशी हो या बेदना
आफैंले बुझ्नु पर्ने
जीवनको चुचुरोको बसाई
जीवनको प्रस्थान–बिन्दुको बसाई
–बेडफोर्ड, टेक्सास
© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
-
उनलाई डालस एयरपोर्टमा ...
-
भाषण गर्छ, निर्देशन दिन्छ उपदेश ...