अमेरिका-अमेरिकाको विस्किन्सनको केनोशा काउन्टीको एउटा बारमा आईतबार राती भएको बन्दुक आक्रमणमा तीन जनाको ज्यान गएको छ ।
घटनामा दुई जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको अवस्था गंभीर रहेको छ । प्रहरीका अनुसार यो लक्षित हमला रहेको थियो । अहिले सम्म आक्रमणकारीको पहिचान भएको छैन । प्रहरीले घटनाको बारेमा अनुसन्धान गरिरहेको छ ।
अमेरिकामा केही दिन अघि मात्र इन्डियानापोलिसको फेडेक्स वेयर हाउस परिसरमा भएको बन्दुक आक्रमणमा ८ जनाको ज्यान गएको थियो । अमेरिकामा पछिल्लो क्रममा दिनहु“ बन्दुक हमलाका घटनाहरु बढीरहेको छ । तर बन्दुक नियन्त्रणको प्रयास अघि बढन सकेको छैन ।

एजेन्सी

© कपीराईट–युएसनेपाल पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु साभार नगर्न आव्हान गरिन्छ । कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected